दोहा, कतार — नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीको सुअवसर पारेर कतारमा विभिन्न चारवटा साहित्यिक संस्थाहरूको संयुक्त आयोजनामा विशेष साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न हुने भएको छ।
‘अनेसास–नवोदित साहित्यिक रचना वाचन डबली’ को १७४औँ शृङ्खला, ‘सन्ध्या-ग्रुप मुग्लानी सौगात’ को १०६औँ वाचन डबली तथा महाकवि देवकोटाको जन्मजयन्ती र विशिष्ट श्रोता विशेष रचना वाचन कार्यक्रमलाई एकसाथ संयुक्त रूपमा मनाउन लागिएको हो। कतारको नेपाली साहित्यिक क्षेत्रमा विगत लामो समयदेखि यसरी नै हातेमालो र सहकार्य गर्दै आएका संस्थाले यसपटक पनि एकता र सहकार्यको अनुपम उदाहरण प्रस्तुत गरेका छन्।
कार्यक्रमको विवरण तपसिलबमोजिम रहेको छ :
मिति : १३ नोभेम्बर २०२६, शुक्रबार
स्थान : गोर्खाली रेस्टुरेन्ट, मुन्ताजा
समय : दिउँसो १:०० बजेदेखि ३:०० बजेसम्म
आयोजक संस्थाहरू :
१. अनेसास कतार च्याप्टर
२. नवोदित साहित्यिक वाचनालय, कतार
३. सन्ध्या ग्रुप, अल्खोर कतारको साहित्य विभाग
४. गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति कतारको साहित्य विभाग
प्रवासको व्यस्तताका बाबजुद पनि नेपाली भाषा, कला, साहित्य र सिर्जनाको जगेर्ना तथा प्रवर्द्धनमा निरन्तर सक्रिय रहँदै आएका यी संस्थाहरूको सहकार्यले कतारको साहित्यिक वातावरणलाई थप ऊर्जा प्रदान गर्ने विश्वास लिइएको छ।
कार्यक्रमको गरिमालाई अझ उच्च बनाउन कतारमा कृयाशील सम्पूर्ण साहित्यकारज्यूहरू, विशिष्ट श्रोताज्यूहरू, पत्रकारहरू तथा नेपाली भाषा, साहित्य र सिर्जनामा रुचि राख्नुहुने सम्पूर्ण सर्जक एवं शुभेच्छुक महानुभावहरूलाई उपस्थितिका लागि आयोजक संस्थाहरूले हार्दिक अनुरोध गरेका छन्।