अनिल तिवारी, नेपाल न्यूज बैंक
वीरगञ्ज । नेपाली काँग्रेस सभापति गगन थापाले मुलक समावेशिता र संघीयतामा गएपछि प्रजातन्त्र बलियो भएको धारणा व्यक्त गरेका छन । स्व प्रदीप गिरि फेलोशिप कार्यक्रमको वीरगञ्जमा उदघाटन गर्दै सभापति थापाले यस्ता धारण व्यक्त गरेका हुन ।
उनले नेपाली कांग्रेसका नेता स्व. गिरिको जीवनीबारे प्रकाश पार्दै भने, ‘स्व गीरिका विचार, लेख तथा दर्शनहरु समावेशिता र संघीयता लागु भए मुलक र प्रजातन्त्र बलियो हुने सोच रहेको उहाँको रचनाहरुबाट बुझन सकिन्छ ।
सभापति थापाले थप भने, ‘मधेस आन्दोलन पछि संघीयता आएको भनिन्छ तर स्व गीरि समावेशिता र संघीयले मुलुक, प्रजातन्त्र र नेपाली कांग्रेस बलियो हुने अवधारण व्यक्त गर्दै आउनु भएको उहाँका रचनाहरुबाट सहजै बुझन सकिन्छ ।’
सभापति थापाले प्रदीप गिरिलाई प्रत्यक्षरुपमा भेट्नु अघि नै उनका लेख तथा रचनाहरू पढ्न थालेको बताउदै अध्ययन र लेखपढीमा रुचि राख्ने गीरि नयाँ पुस्ताका लागि सहजै भेट्न र बुझ्न सकिने सरल तथा सादगी व्यक्तित्वका धनी भएको बताए ।
राजनीतिक दृष्टिकोण निर्माण गर्ने क्रममा समेत प्रदीप गिरिका विचारहरू बुझ्नु आवश्यक रहेको उल्लेख गर्दै नेपालको विविधता, लोकतन्त्रलाई कसरी समावेशी र सार्थक बनाउने भन्ने विषयमा गिरिका विचार तथा प्रयासहरू सधै महत्वपूर्ण रहेको उनेको भनाइ थियो ।
प्रदीप गिरि इन्स्टिच्युटले स्वर्गीय प्रदीप गिरिको जन्मजयन्तीको अवसर पारेर प्रदीप गिरि फेलोसिपको पहिलो समूहका लागि आवेदन सोमबारबाट आह्वान गरिएको कार्यक्रममा जानकारी गराएको छ । प्रदिप गीरि इन्स्टिच्युटले वीरगञ्जबाट फेलोसिप कार्यक्रम सार्वजनिक गर्दै अनुसन्धान तथा लेखन, कानुनी सहायता र निबन्ध पुरस्कार गरी तीन विधामा आवेदन खुला गरेको हो ।