राजेश प्रसाईं ` सिनामे´
आषाढ २० शुक्रबार
गीतकार अम्बिका गुरुङ्गले आफ्नो सपनाकी राजकुमारीलाई माया सङ्ग भेट्न रथको ब्यबस्था, आज भन्दा करिब १५० बर्ष पहिलाको राजकिय तामझामका साथ राजकुमारी हाट बजार पुग्दा सुन्दर ठिटो पुष्प सङ्ग भेट भयेसी .. एक्दमै रमाईलो हाट बजारको Full सेटमा गीतलाइ जीवन दिएका छन | निर्देशक निशान घिमिरे ले ! स्टार कलाकार हरु पुष्प खड्का, सृष्टि खड्का, आयुश र अन्शुले कथा अनि गीत लाई जीवन दिएका हुन !
जव मान्छेका अनेकौ इच्छाहरू हुन्छन् कसैले ज्वलन्त बनाउन सफल हुन्छन् भने कसैको कल्पनामा मात्र सिमित रहन्छ जलविद्युतको बिकाशमा बिगत २ दशक देखि खटिएका ईन्जिनियर बीरेन्द्र श्रेष्ठ र सन्चार जगतकी योजना पुरिको स्वरले सजिएको गीत "आउन माया भेटौन" मा सङ्गीत्कार दीपक शर्मा, एरेन्ज: नरेन्द्र बियोगी तथा मिक्सिङ श्यामस्वेत रशाइलिको रहेको छ ! एक पछि अर्को धमाकेदार म्यूजिक भिडियो नेपाली साङ्गीतिक बजारमा आउने क्रममा यो अर्को दमदार साङ्गीतिक भिडियो नेपाली सङ्गीत पारखी हरुले पाउने भएका छन !
भर्खरै मात्र ईन्जिनियर श्रेष्ठ ले पिरिमको बाढी बोलको गीत सार्वजनिक गरेका थिए भने..अन्य गीतहरु घर हाम्रो लेकैमा, आँखा लाउछन, माया लाग्छ निष्ठुरिको, तिम्रो मन सङ्ग, तिरमिर भयो, लटर पटर, जस्ता गीतको मिउजिक भिडियो सार्वजनिक भै सकेका छन ! ई. श्रेष्ठलाइ"घर हाम्रो लेकैमा" बोलको गीत बाट बेष्ट लोक पप गायक को अवार्ड OSNEPAL ले प्रदान गरेको थियो, भने उक्त गीत लगायत आँखा लाउछन, तिम्रो मन सङ्ग आजले पुर्बी नेपाल को बजार हल्लाएको छ !
अत्यन्तै भावमा डुबेर लेख्ने गरेकी कवि / वरिष्ठ गीतकार अम्बिका गुरुङ्गकै भावना अनुरुप उत्कृष्ट भावका साथ गायन प्रस्तुत गरेका छन ई. बीरेन्द्र ले.. लाग्छ उनी नेपाली सङ्गीत जगतका ब्यबसायिक पार्श्व गायक हुन !
रचना, सङ्गीत, सङ्गीत सम्योजन, मिक्सिङ्ग अनि यसको फल गीत बेजोडको छ! लोक आधुनिक रोमान्टिक सुगन्धको गीतमा ई बीरेन्द्रको ओझिलो स्वर ले प्रसस्त सुप्रभाब पारेको प्रष्ट देखिन्छ ! हरेक नेपाली सङ्गीत प्रेमी ले यो गीत मन पराउने छन !
"मनको दुरि घटाइदेउ, साचो साचो बताइदेउ
हाम्रो माया पीरती गाढा बनाइदेउ.."
अत्यन्तै गहिरो भावनामा डुबेर शब्द निकाल्ने कवि गीतकार गुरुङ को मुलुक प्रतिको अथाह प्रेम रहेकै कारण नेपाली गीत सङ्गीत मा एक पछि अर्को गीत बजारमा ल्याउने गरेकी छिन !
ब्यस्त जिवनको बाबझुद फुर्सद हुना साथ गीत सङ्गीतमै रम्ने बानी ले आफुलाइ गायक बनाएको बताउछन ई बीरेन्द्र श्रेष्ठ !
भिडियो भर्खर शुटिङ सकियेर lineup को काम मात्र हुँदै छ, एउटा उत्कृष्ट भिडियो बन्न लाई जे जति material चाहिन्छ ती सबै क्यामेरा मा कैद भयेको र नेपाली सङ्गीत प्रेमिले एउटा राम्रो भिडियो पाउनेमा म बिश्वस्त छु भन्छन निर्देश निशान घिमिरे !
आफ्नो बिहेमा मात्र रथारोहण गर्ने शौख बोकेकी नायिका / मोडेल सृष्टि ले आफ्नो माया लाई भेट्न आउदा राजकिय रथको प्रयोग गरेकी छिन.. सबै सैनिक र स्याहारे जत्था हरु र महामन्त्री समेत को राजकिय सवारी लाई भिडियो मा देख्न पाइने छ !
भिडियो राम्रो बनेको, आफू लाई यो भिडियोमा खेल्न गीत र कथा बस्तु सङ्ग आफुलाइ ढाल्न सजिलो भएको अनुभव र पाँचथर बाट आएका बालकलाकार आयुश र अन्शुको acting र नृत्य सङ्ग प्रभावित बनेको सुनाउछन नायक पुष्प खड्का !!
दरबार भित्रको शुटिङ अत्यन्तै राम्रो बनेको जसले नेपाली बजारलाइ नया कुरा देख्ने बताउछन निर्देशक घिमिरे !
गीतकार अम्बिका गुरुङ्ग र गायक ईन्जिनियर बीरेन्द्र बिच यो चौथो (आँखा लाउछन, लौ है माया, शक्ति देउ, आउन माया) सहकार्य हो भने गायक श्रेष्ठकि छोरी सुचिन्दा श्रेष्ठ र अमन प्रधानको स्वर मा सजिएको गीत " मनको आकाश" लाई समेत भिडियोसङ्गै चाडै सङ्गीत प्रेमिले हेर्नू सुन्नु पाउनेछन !
भिडियोलाई अषाढ २७गते बजारमा भाबसागर युट्युब च्यानेल बाट रिलिज गरिने जानकारी प्रबर्दक अम्बिका गुरुङ ले जानकारी दिनु भयो !
शब्द: अम्बिका गुरुङ
सङीत: दिपक शर्मा
एरेन्ज: नरेन्द्र बियोगी
मिक्सिङ्ग: श्यामश्वेत रसाइली
स्वर: ई बीरेन्द्र श्रेष्ठ / योजना पुरी
भिडियो तर्फ:
निर्देशक: Nishan Kashyap निशान
क्यामेरा: उत्शब दहाल
कोरियोग्राफर: सुरेन
cast: पुष्प खड्का / शृष्टि खड्का / आयुष गुरागाइ / अन्शु गुरागाई अनि धेरै कोरश