दोहा, कतार
ठकुरी सहयोग सञ्जाल कतारको आयोजनामा "बडा दशैँ २०८३ को शुभकामना आदानप्रदान तथा टिका ग्रहण कार्यक्रम-२०२६" भव्यताका साथ सम्पन्न भएको छ। अक्टोबर २३, शुक्रबारका दिन सनैयास्थित प्लाजा मलमा रहेको लालीगुराँस रेस्टुरेन्टमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
सञ्जालका अध्यक्ष महेन्द्र शाही ठकुरीको अध्यक्षता तथा संरक्षक के.बि. हमाल ठकुरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा संस्थाका संरक्षक भरत मल्ल ठकुरी, केशु मल्ल ठकुरी, वरिष्ठ सल्लाहकार दिप जंग शाह ठकुरी, खड्ग चन्द ठकुरी र प्रमुख सल्लाहकार खगेन्द्र शाही ठकुरीको विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रममा उपस्थित सहित लाई, —सञ्जालका संरक्षक के.बि. हमाल ठकुरी, वरिष्ठ सल्लाहकार दिप जंग शाह ठकुरी र अध्यक्ष महेन्द्र शाही ठकुरीको हातबाट दशैँको नवदुर्गाको प्रसाद स्वरूप टिका तथा आशिर्वाद ग्रहण गराइएको थियो। टिका ग्रहण पश्चात् विभिन्न सांस्कृतिक प्रस्तुति, नाचगान र मनोरञ्जनात्मक कार्यक्रमसहित उल्लासमय वातावरणमा कार्यक्रम सम्पन्न गरिएको थियो।
आयोजक सञ्जालले कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन आर्थिक, नैतिक तथा भौतिक रूपमा सहयोग पुर्याउने सम्पूर्ण सहयोगी हातहरू प्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। साथै, आगामी दिनहरूमा पनि यस्तै माया, साथ, सहयोग र सद्भावको अपेक्षा राखिएको जनाइएको छ।
कार्यक्रममा उपस्थित भई शोभा बढाइदिने सम्पूर्णमा सञ्जालका तर्फबाट विशेष धन्यवाद ज्ञापन गरेको छ ।