मुग्लानी खबर डट कम

रबिन थापा मगर, दोहा कतार ।
धनकुटा प्रवासी सेवा समाज कतारले आफ्नो पाँचौ अधिवेशन सम्पन्न गरेको छ । गत ३ मार्च २०१७ का दिन कतारको दोहामा सम्पन्न संस्थाको पाँचौ अधिवेशनबाट अध्यक्षमा ललित लिम्बु निर्विरोध निर्वाचित भएका छन् । लिम्बु यस अघिको कार्यसमितिमा कार्यबाहक अध्यक्षको रुपमा कार्यरत थिए ।
सन् २००४ मा स्थापना भएर निरन्तर सामाजिक कार्य गरि धनकुटा प्रवासी सेवा समाज कतारले संस्थाका का.बा. अध्यक्ष ललित लिम्बुको सभापतित्वमा पाँचौ अधिवेशन आयोजना गरेको थियो । सो कार्यक्रममा प्रमुख अतिथि गैरआवासीय नेपाली संघ एनसिसि कतारका अध्यक्ष विनेश तामाङ्ग, विशेष अतिथिहरु नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश बन्जाडे, नेपाल प्रवासी आदीबासी जनजाती महासंघका पुर्व अध्यक्ष तथा बुद्धिजिवी सियाराम चौधरी, बुद्धिजिवी चानक पोखरेल, नेपाल प्रवासी आदीबासी जनजाती महासंघका उप महासचिव प्रमोद श्रेष्ठ साथै संस्थाका संस्थापक सदस्यहरु, पुर्ब अध्यक्षहरु, सल्लाहकारहरु, तथा दोहामा रहेका जिल्लागत, सामाजिक, वैचारिक र पेशागत सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मन्तव्य राख्ने क्रममा अतिथि काश्की आदर्श सेवा समाजका अध्यक्ष मन प्रसाद राना मगरले धनकुटा सेवा समाजमा विविधता भित्र एकता रहेको र सामाजिक तथा खेलकुद क्षेत्रमा अग्रणी स्थानमा रहेको बताउँदै अझ जिल्ला बिकासको काममा लाग्नु पर्ने बताए । बिशेष अतिथि नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश बन्जाडेले यो संस्थाले सभ्य र समृद्द समाज स्थापना गर्न लिएको उद्देश्य सोहि भावनाले परिपुर्ति गर्न सक्ने वताउँदै कतारका सम्पूर्ण जिल्लावासी संस्थाहरुले ठुलो कार्यक्रमहरु गर्दा एक भएर एककृत रुपमा गर्दा राम्रो हुने कुरा बताए । त्यसै गरि प्रमुख अतिथि गैरआवासीय नेपाली संघ एनसिसि कतारका अध्यक्ष विनेश तामाङ्गले धनकुटा प्रवासी सेवा समाज कतारले कतारको नेपाली समाजमा सामाजिक कार्य मात्र गरेको छैन यसले अन्य संस्थाको लागि पनि उदाहरणिय कार्य गरेको भन्दै धनकुटाको पर्यटकिय स्थानको बर्णन गरेर आन्तरिक पर्यटन प्रवद्र्धनको कार्य गरेको पनि बताए साथै नयाँ कार्यसमितिले अझ राम्रा कार्यहरु गर्दै जावोस भन्ने शुभेच्छा पनि प्रकट गरेका थिए । कार्यक्रमका अन्य अतिथिहरुले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा संस्थाले आफ्ना संस्थापक सदस्यहरुलाई दोशल्ला, खादा ओढाई कदरपत्रको साथमा सम्मान गरेको थियो । साथै संस्थाको खेलकुद विभाग अन्तर्गतको भलिबल खेलाडी, सहयोगी हरुलाई सम्मान पनि गरेको थियो । कार्यक्रममा स्वागत मन्तब्य तुलसी सुबेदीले गरेका थिए भने, गायक सारुक सुन्दासले आफ्नो सुमधुर गित मार्फत मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रम संस्थाका सदस्य रबिन थापा मगरले संचालन गरेका थिए ।
नव निर्वा्चित कार्यसमिति यस प्रकार रहेको छ ।
अध्यक्ष ललित लिम्बु
प्रथम उपाध्यक्ष पदम कुमार घिमिरे
द्धितिय उपाध्यक्ष डिल्ली कुमार सुवेदी
तृतिय उपाध्यक्ष सन्तोष सिवा
महसचिव रबिन थापा मगर
सचिव मोतीराम पाँचकोटि
संगठन सचिव मन्दिप राई
कोषाध्यक्ष प्रेम जिमि
सहकोषा अध्यक्ष केशव राना मगर
सदस्यहरु
सारुक सुन्दास
रामजि आचार्य
देब सुन्दास
तिल बिक्रम मगर
सरोज थापा
साथै रिक्त पदको लागि पहिलो बैठकबाट मनोनित गरिने छन ।