काठमाण्डौ : मनास्लु वर्ल्ड कलेज,चुच्चेपाटीमा कक्षा ११ मा पढ्न आउने नव आगन्तुक बिद्यार्थीहरुको स्वागत कार्यक्रममा वरिष्ठ पत्रकार ॠषि धमला,युवा सामाजिक अभियन्ता शिशिर भन्डारी र राजेन्द्र लुइँटेल लगाएतका ब्यक्तिहरुलाई सम्मान गरिएको छ।
रिपोर्टर्स क्लब नेपाल तथा प्राइम टाइम टेलिभिजनका अध्यक्ष ऋषि धमलालाई ‘मनास्लु वल्ड कलेजको राष्ट्र निर्माणका प्रवुद्ध व्यक्तित्वमा सम्मान तथा प्रथम सम्मानित व्यक्तित्वको रुपमा दोसल्ला ओढाएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, मनास्लुका अध्यक्ष गेन्द्र लामा,प्रिन्सिपल राजन श्रेष्ठले लगाएतले खादा, दोसल्ला र प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका थिए।
सम्मान–पत्रमा लेखिएको छ–‘श्री ऋषि धमलाज्यू, वरिष्ठ पत्रकार, आम सञ्चारको जगतमा अनवरत सक्रियता एवम् समय सान्दर्भिक पत्रकारिताको आवश्यकत्तालाई मध्यनजर गर्दै आम नेपाली जनतालाई सुसूचित गर्न र राष्ट्रिय राजनीतिमा सकारात्मक परिवर्तन ल्याउनको लागि महत्वपूर्ण भूमिका खेल्नुहुने तपाईँ नेपाली सञ्चार क्षेत्रको एक मूर्धन्य व्यक्तित्व हुनुहुन्छ । रेडियो, टेलिभिजन तथा रिपोर्टर्स क्लबमा आयोजित विविध छलफल तथा बहसमार्फत समेत पत्रकारितको मूल मर्मलाई ध्यानमा राखी सीधा कुरा प्रष्ट विचार राख्ने प्रखर वक्ता, तपाईँको सम्पूर्ण नेपालीहरुको विश्वास जित्न सफल कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ जस्ता प्रस्तुतिहरुको मुक्तकण्ठले प्रशंसा गर्दै यहाँले यस क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च मूल्यांकन गर्दै यस मनास्लु वल्ड कलेजको राष्ट्र निर्माणका प्रवुद्ध व्यक्तित्वमा सम्मान तथा विद्यार्थी स्वागत कार्यक्रमको शुभ अवसरमा प्रथम सम्मानित व्यक्तित्वको रुपमा यो सम्मान–पत्रद्वारा सम्मानित गरिन्छ, साथै यस सम्मानले समग्र राष्ट्रको उन्नति,प्रगतिको लागि अझ दत्तचित्त भई कार्य गर्न थप उर्जा मिल्नेछ भन्ने अभिलाषाका साथ यहाँको उत्तरोत्तर प्रगतिको सु–स्वास्थ्य तथा दीर्घायुको कामना व्यक्त गर्दछौं ।’
उक्त सम्मानपत्रमा कलेजका प्रिन्सिपल राजन श्रेष्ठ, अध्यक्ष गेन्द्र लामा र प्रमुख अतिथि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको हस्ताक्षर रहेको छ ।कार्यक्रममा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिक कार्यक्रमहरु क्यालेण्डरअनुसार नै अघि बढ्ने विश्वास दिलाउदै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने र बाकी २ वर्षको कार्यकाल पनि प्रधानमन्त्री केपी शर्मा ओलीले नै चलाउने बताए।
प्रतिनिधिसभा पूनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसला जनताको मत नभएतापनी आफूहरुले कार्यान्वयन गर्ने पनि उनले सुनाए । चुनाव चिन्हको बिषयमा सुर्य चिन्ह आफुहरुलाई दिने उनको भनाई रहेको थियो।
कार्यक्रममा कलेजका प्रिन्सिपल राजन श्रेष्ठले अहिलेको २१ औ सताब्दिमा विश्व प्रतिस्पर्धात्मक शिक्षाको आवस्यकतालाई मध्येनजर गर्दै आधुनिक युग सुहाउदो शिक्षा प्रदान गर्दै आएको बताए।
त्यसैगरी कार्यक्रममा प्रथम सम्मानित ब्यक्तित्व पत्रकार ऋषि धमलाले नेपालको शिक्षामा राजनिती नभई आमूल परिवर्तन हुनुपर्ने जस्को लागि राज्यद्वारा व्यापक लगानी गर्नुपर्छ । मनास्लु वर्ल्ड कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउदै यस कलेजमा अध्ययनशिल विद्यार्थीले हरेक तह र तप्कामा नेतृत्व गर्न सक्छन् उनले भने।
कार्यक्रमको अन्त्यमा मनास्लुका अध्यक्ष गेन्द्र लामाले मनास्लु वर्ल्ड कलेजले आधुनिक शिक्षाका साथसाथै खेलकुदलाई विशेष प्राथमिकतामा राखेको बताउदै राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको बताए । उनले विभिन्न खेलका करिब ५५ खेलाडीलाई मनास्लुले प्लस २ अध्ययनका लागि पूर्ण छात्रबृत्ति प्रदान गरेको समेत जानकारी गराएका थिए।