काठमाण्डौ, गोकर्णेश्वर नगरपालिकामा जग्गा धनी तथा मोहिहरु संग जग्गा एकीकरण सम्बन्धि अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ।
पुर्वि काठमाण्डौ नयाँ शहरी बिकास आयोजना ब्यबस्थापन उप समिती तथा नगर प्रमुख कागेश्वर मनोहरा नगरपालिकाका कृष्ण हरि थापा अध्यक्षता,आयोजना ब्यबस्थापन उपसमिती तथा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे र उपसमिती तथा शंखरापुर नगरपालिकाकाका नगर प्रमुख सुवर्ण श्रेष्ठ सह अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य माननीय कृष्ण राईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।
त्यसैगरी बिशेष अतिथिहरुमा भौतिक पुर्बाधार बिकास मन्त्रालयका मन्त्री माननीय रामेश्वर फुयाल,बागमती प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामा,गोकर्णेश्वर नगरपालिका उप मेयर शान्ती नेपाल लगाएत वडा अध्यक्षहरु,बुद्धिजिबि तथा नगरबासीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा विभिन्न ब्यक्तिहरुले आफ्ना भनाईहरु राखेका थिए। कार्यक्रममा बोल्दै पुर्वि काठमाण्डौ नयाँ शहरी बिकास आयोजना ब्यबस्थापन उप समिती तथा गोकर्णेश्वर नगरपालिकामा मेयर सन्तोष चालिसेले यो कार्यक्रम गर्नुको उदेश्य सुन्दर नगरपालिका निर्माण गर्नुका साथै नगरपालिका भित्र बसोबास गर्ने सम्पुर्ण नागरिकको सम्पतिलाई सुनिश्चित गर्नु रहेको बताए।
मेयर चालिसेले भने जग्गा एकीकरण गर्दा ३३% सम्म जस्ले बाटो मिचेर बनाएको छ त्यस्ता ब्यक्तिहरुको जग्गा जान सक्ने जानकारी गराएका थिए। बढ्दो शहरीकरण तथा जनघनत्व बृद्दिले थप चुनौती समेत थपिदै गयको दमकल जाने ब्यबस्थित सडक,ढल सरसफाई नभएकोले दिन प्रतिदिन समस्यामा बृद्दी,भैरहेको छ।योजनाबद्ध शहर निर्माण गर्न सके अवस्यक पनि सम्पतिको दाममा पनि वृद्धि हुने बताएका हुन।