ललितपुर ( दिलमाया तामाङ) - ललितपुरको बागमति गाउँ पालिकामा बालाधिकार सम्बन्धि छलफल एवं अन्तर्कृया साथै वडा स्तरीय बाल क्लब गठन गरिएको छ।
"स्थानिय तह तथा प्रदेशको एउटै सन्देश,वालविवाहा मुक्त हाम्रो प्रदेश" भन्ने मुल नारालाई आत्मसाथ गर्दै वालमैत्री स्थानिय तह प्रोत्साहन कार्यक्रम अन्तर्गत बागमती गाउँपालिका,महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा भट्टेडाँडाको आयोजनामा बागमती गाउपालिका स्थित वडा न. ३ मा रहेको श्री महाकाली देबि माध्यामिक बिधालयमा कार्यक्रम भएको हो।
बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुशील खड्काको सभापतित्व तथा गाउपालिका प्रमुख वीर बहादुर शेरचनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।त्यसगरी विशेष अतिथिहरुमा गाउपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक रञ्जना घिमिरे तिमल्सिना,प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई,वडा न.३ का वडा अध्यक्ष बिष्णु प्रसाद तिमल्सिना,चापागाउ प्रहरी प्रमुख डि एस पि चक्रबहादुर कार्की,अतिथिहरुमा वडा सदस्यहरु नवराज खड्का, गोबिन्द दहाल,पानमाया घुइचा,शुशिला बि.क,डाँडागाउँ प्रहरी चौकी इन्चार्ज सन्तोष बराल ,प्रेस संघका दिपक घिमिरे लगाएत, जनप्रतिनिधि हरु, विभिन्न बिधालयका प्र. अ तथा प्रतिनिधि,स्कुलका कर्मचारी र विद्यार्थीहरुको उपस्थिती रहेको थियो।
सामुहिक राष्ट्रिय गान पश्चात् शुरु भएको कार्यक्रममा बालबिबहाले ब्यक्ती परिवार र समाज भित्र पर्ने असरहरुका बारेमा बक्ताहरुले स्पस्ट पारेका थिए।बालबिबहा मुलुकका विभिन्न क्षेत्रमा ब्याप्त रहेको हुँदा जस्ले गर्दा समाजमा नकारात्मक असर परिरहेको जस्ले गर्दा स्थानिय तह देखि प्रदेश सम्म न्यूनीकरण गर्न अनिवार्य रहेको बताएका थिए।मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भैइसकेता पनि अझै बालबिबाहा,बाल श्रम जस्ता कुराहरु रहेका छन जस्लाई निर्मुल गर्नेमा जोड दिएका थिए।