बागमती: ललितपुर स्थित बागमती गाउँपालिकाको आयोजना तथा सन्ध्या फिलिम्स एन्ड मिडिया प्रालीको संयोजकत्वमा डिलाईट पार्टी भेन्यु लक्ष्मीस्थानमा 'नेतृत्व बिकास तथा उद्घोषण तालिम' उद्घाटन समारोह भब्यताका साथ सम्पन्न भएको छ।
सन्ध्या फिलिम्स एन्ड मिडिया प्रालिका अध्यक्ष दिलमाया तामाङ ( राना) को सभापतित्व तथा बागमती गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चनको प्रमुख आतिथ्यता,बागमती गाउपालिका उपप्रमुख रञ्जना तिमल्सिना घिमिरे,प्रमुख प्रशासकिय अधिकृत खम्बराज राई, नेपाली कांग्रेस प्रदेश सभापती तथा नेपाल तामाङ घेदुङका केन्द्रिय सचिब रामकृष्ण ब्लोन( इन्द्र) र मनास्लु कलेजका अध्यक्ष गेन्द्र लामाको बिशेष आतिथ्यतामा कार्यक्रम भएको हो।
पाँच दिने उक्त तालिम उद्घाटन समारोहमा बागमती गाउँपालिका अन्तर्गतका वडा अध्यक्षहरु: जगत बहादुर लोप्चन,बिजय कुमार लो,श्री बिष्णु प्रसाद तिमल्सिना , नारायण बहादुर घले, साजन दर्लामी,लाल बहादुर भोम्जन, नवराज सञ्जेल,लेखापाल अर्जुन दहाल,योजना शाखा प्रमुख दिलिप चौधरी, सुचना तथा सञ्चार प्रबिधी अधिकृत मिलन शर्मा घिमिरे,पत्रकार साईला तामाङ, युवा ब्यबसायी तथा तरुण दलका सुनिल तामाङ, योहो टेलिभिजनका पत्रकार ध्रुब रिजाल, राष्ट्रिय समाचारका सम्पादक मुकुन्द ढुङाना,प्रमुख प्रशिक्षक पृतम पौडेल, सारा खबरका अध्यक्ष मिलन लामा ,युवा समाजसेवी तथा ब्यबसायी रंग बहादुर राना लगाएत अतिथिहरुको उपस्थिति रहेको थियो।
प्रमुख अतिथी वीर बहादुर लोप्चन लगाएतको हातबाट दिप प्रज्वलन तथा सामुहिक राष्ट्रिय गान पश्चात् शुरु भएको थियो।
संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापती दिलमाया तामाङ (राना) ले आजको चुनौतीपूर्ण र प्रतिस्पर्धी संसारमा आफ्नो भनाइ प्रष्ट रूपमा राख्न सक्नु तथा मंचमा गएर जनमानसको अगाडि संयमित भई विना कुनै संकोच तर्कपूर्ण अभिव्यक्ति प्रस्तुत गर्न सक्नु अपरिहार्य रहेको छ। समाज र मुलुकमा सकारात्मक राजनैतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक रूपान्तरणको लागि मात्र नभई अन्याय र अत्याचारको बिरुद्धमा लड्न नेतृत्व तथा ब्यक्तित्व बिकासको अत्यन्तै आवस्यकता भएको महसुस गर्दै सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीले बिगत केहिबर्ष देखि ब्यक्तित्व बिकास तथा उद्घोषक तालिम आयोजना गर्दै आइरहेको छ र यस पाँचदिने तालिमबाट सहभागिहरुको सफल जिन्दगीमा कोसे ढुङ्गा साबित हुनेछ भन्ने बिश्वास लिएको छु! अध्यक्ष तामाङले बताईन।पाँच दिने यस नेतृत्व तथा उद्घोषण तालिम कार्यक्रम सफल बनाउन साथ दिनुभएकोमा आयोजक बागमती गाउँपालिका,लगाएत ब्यस्त समयका बाबजुद कार्यक्रममा उपस्थित हुनुभएका सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै यहाँहरुको निरन्तर साथ सहयोगको अपेक्षा रहेको बताएकी थिइन।
कार्यक्रमका प्रमुख अतिथी वीर बहादुर लोप्चनले नेतृत्व बिकासको लागि सन्ध्या फिलिम्स एन्ड मिडिया प्रालिको संयोजकत्वमा हुन लागेको यो पाँच दिने तालिममा सहभागी सम्पुर्णले राम्रो संग सुन्न बुझ्न, सिक्न र ब्यबहारमा लागू गर्नुपर्नेमा सुझाव दिए।।त्यसैगरी प्रत्येक वडाबाट कम्तिमा एक / एक जना महिलाहरुलाई सहभागि बनाएर दक्ष जनशक्ती उत्पादन गर्नुका साथै नेतृत्व लिन सक्षम बनाउने गाउँपालिकाको उदेश्य समेत रहेको बताएका थिए।सन्ध्या फिलिम्स एण्ड मिडिया प्रालीलाई कार्यक्रम सफलताको समेत शुभकामना ब्यक्त गरेका थिए ! हिजो ८ गते देखि शुरु भएको पाँच दिने तालिममा करिब ३० जनाको सहभागिता रहेको बताईएको छ भने कार्यक्रमको सहजीकरण भुवन खरेल ले गरेका थिए।