बागमती - गोकर्णेश्वर नगरपालिका स्थित भेनस नेसनल कलेजले पिस ब्यांकेट पार्टी प्यालेस जोरपाटिमा हार्टेनिंङ मिट २०२१ भब्य रुपमा सम्पन्न गरेको छ। कार्यक्रम कलेजका अध्यक्ष पेमा छिरी शेर्पाको सभापतित्व, गणतान्त्रिक नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा को प्रमुख आतिथ्यता तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो।
त्यसैगरी गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष कुमार श्रेष्ठ, वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष हरि कृष्ण श्रेष्ठ, नेसनल प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष खड्क बहादुर बस्नेत, लगायत बिभिन्न बिध्यालयका संचालक प्रिन्सिपल शिक्षक तथा बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो।
प्रमुख अतिथी प्रमानन्द झाको हातबाट दिप प्रज्वलन गरि उद्घाटन गरिएको कार्यक्रममा एक मिनेट विश्व शान्तिको लागि मौन पार्थना गरिएको थियो। भेनस कलेजका प्रिन्सिपल नेत्र प्रसाद दहालले कार्यक्रमको उदेश्य माथी प्रकाश पारेका थिए भने क्याम्पस प्रमुख कृष्ण गौतमले कलेजको बिशेषताको बारेमा जानकारी गराउदै गुणस्तरीय शिक्षा प्रदान गरि दक्ष जनशक्ति निर्माण गर्नु प्रमुख उदेश्य रहेको बताएका छन।
भेनस नेसनल कलेजले विद्यार्थीलाई किताबी किरो होईन विश्वका जुनसुकै कुनामा गएर पनि प्रतिस्पर्धा गर्न सक्षम हुनुपर्छ भन्ने उदेश्य राख्दै “न्यून शुल्कमा गुणस्तरीय शिक्षा” प्रदान गर्दै आईरहेको बताए। कार्यक्रममा लामो समय देखि समाजलाई बिभिन्न क्षेत्रबाट योगदान दिने विशिष्ट ब्यक्तिहरुलाई सम्मान गर्ने क्रममा संचार तथा शिक्षा क्षेत्रमा योगदान पुर्याएका संचारकर्मी राजेन्द्र बानिया, चर्चित गायक राजु लामा,अल्ट्रा धाविका मिरा राइलाई, सामाजिक अभियन्ता केपी खनाललाई सम्मान गरिएको थियो ।
भेनस नेसनल कलेजको ब्राण्ड एम्बेसडरको रुपमा थानेश्वर गौतमलाइ घोषणा गरिएको थियो ।कार्यक्रममा प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष हरि कृष्ण श्रेष्ठ, नेसनल प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष खडक बहादुर बस्नेत नगरपालिका प्रमुख सन्तोष चालिसे लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रमलाइ प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै गणतान्त्रिक नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले आयोजकलाइ धन्यबाद दिदै नेपालको शिक्षा क्षेत्रमा भेनसले पुर्याएको योगदानको प्रशंसा गर्दै थप योगदान दिन अनुरोध समेत गरेका थिए। लगनशीलता र धैर्यताले विद्यार्थीलाई सफल बनाउने भन्दै उनले जीवन उपयोगी शिक्षा आजको आवश्यकता रहेको समेत बताएका थिए ।
कार्यक्रमका सभापती तथा भेनस नेसल कलेजका अध्यक्ष पेमा छिरी शेर्पाले उपस्थित सबैलाई धन्यबाद दिदै भेनसले विद्यार्थीको वृद्धि विकासमा कुनै कसर बाँकी नराखी हरेक क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा जोड दिएको बताएका थिए । कार्यक्रममा भेनस नेसनल कलेजमा नयाँ भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत तथा पास आउट बिद्यार्थीहरुको बिदाइ समेत गरिएको थियो । कार्यक्रमको संचालन कलेजका डायरेक्टर मोहन अधिकारीले गरेका थिए भने स्वागत मन्तब्य कलेजका कक्षा ११ मा अध्ययनरत बिद्यार्थी सलिना पाण्डेले राखेकी थिइन ।