होली पर्व नेपालको मौलिक, सांस्कृतिक ,धार्मिक र सामाजिक सौहार्दता तथा आत्मियताको सम्बन्धलाई प्रगाढ बनाउने एउटा विशेष चाड हो। होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाउने गरिन्छ।खासगरी हिन्दु धर्म तथा संस्कृतिको मा बिशेष रुपमा लिईने यो चाड नेपाल, भारत तथा हिन्दु धर्मालम्बिहरु बसोबास गर्दै आएका बिश्वका अन्य राष्ट्रहरुमा पनि होली मान्ने गरिन्छ। होली कसरी कहाँबाट शुरुभयो? त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रहलादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रहलाद लाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी दिनका रुपमा होलीको पर्व पर्दापण भएको मानिन्छ ।
विष्णुको नरसिंह अवतार को वर्णन,उत्पतिको प्रहलाद घटना क्रम सँग सम्बन्धीत रहेको पाईन्छ । नारद पुराण र भविष्य पुराणमा होलीको महत्व अनि चलनको चर्चा गरिएको छ, भगवान श्री कृष्णलाई दुध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ, यसरी पुतनाको बध भएपछी गोपालवासीहरुले जयजयकार गर्दै आजको दिनको रंगीन उत्सव मनाएको विवरण पनि ईतिहासमा बताईन्छ। होली तथा फागु पुर्णिमा वसन्त ऋतु फागुनको महिनामा मनाइन्छ । होली रङ्गहरूको चाड हो ।
विभिन्न रंगहरुलाई घोलेर साथिभाई,दाजुभाई दिदिबहिनिहरु युवायुवती, बुढापाका संग छ्यापाछ्याप गरेर एक अर्का बिचको आत्मिय सम्बन्धलाई प्रगाढ बनाउदै भेटघाट, शुभकामना आदानप्रदान गरिन्छ।जसले पुराना रिसिभी र कटुताको अन्त्य गर्दै मित्रताको अभिबृद्धी गर्दछ। होली कसरी शुरु गरिन्छ? होली खेल्ने दिन भन्दा एकदिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसकेपछि बिहान पख पानीमा रङ्ग घोलेर एक अर्कामाथि छ्यापाछ्याप गर्ने चलन रहेको छ।
होलीलाई कटुता तथा दुस्मनिको अन्त्य गर्दै सुमुधुर सम्बन्धको बिस्तार गर्ने दिनको रुपमा समेत लिईन्छ। यस पर्वलाई फागुनको महिनामा मनाउने भएकाले यसलाई 'फगुआ' भन्ने गरिन्छ। होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो गर्दै हर्षोलासका साथ मनाईन्छ। नीलो रंगले मानवता र धैर्यतालाई दर्शाउछ, पहेलो रंग भगवान श्री कृष्ण भगवानको प्रिय रगंको रुप्मा लिइन्छ । रातो रगंलाई सौभाग्यको सुचकको रुपमा प्रयोग गरिन्छ। होलीलाई नेपालमा पहा र तराई क्षेत्र गरि दुई दिन मनाईन्छ।