बागमती प्रदेश- काठमाण्डौ स्थित गोकर्णेश्वर नगरपालिका मा बिपद ब्यबस्थापन सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक चार दिने तालिम यहि चैत्र २२,२३,२४ र २५ गते भैइरहेको छ।
गोकर्णेश्वर नगरपालिका वडा न.९ को आयोजना तथा ग्राम निर्माण बन्धु मण्डल क्लब आरुवारी,भगवती युवा क्लब शंखडोल र श्री नम्बर १ विपद ब्यबस्थापन गण सुन्दरीजलको प्राबिधिक सहयोगमा हुने भएको हो।
गोकर्णेश्वर नगरपालिका वडा न. का वडा अध्यक्ष राजिब थापाको सभापतित्व तथा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको छ।
उक्त उद्घाटन कार्यक्रम श्री नम्बर १ विपद ब्यबस्थापन गणका गणपती सन्जिब सिलवाल को विशेष आतिथ्यता तथा नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल,वडा सदस्य सत्यामाभा श्रेष्ठ, श्री नम्बर १ विपद ब्यबस्थापन गण, प्रमुख प्रशिक्षक सहसेनानी शुर्यप्रकाश राई लगाएत अतिथिहरुको उपस्थिति रहेको थियो।
त्यसैगरि उपस्थित अतिथिहरुमा हरिकृष्ण कारन्जित,पुरुषत्तोम थापा,गमला कुमारी परियार,नव अरुणिमा का प्रधानाध्यापक अर्जुन प्रसाद दंगाल,ग्रा. नि. ब. म. उपाध्यक्ष किरण पण्डित क्षेत्री,भगवती युवा ज्लबका अध्यक्ष सञ्जय बि. क लगाएत विभिन्न राजनितीक्दलका प्रतिनिधि,स्थानिय बुद्धिजीवी युवा लगाएत दर्जनौ विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
कुनैबेला पनि अचानक रुपमा आईलाग्ने प्राकृतिक बिपत्तीहरु बाढी पहिरो भुकम्प,आगलागी लगाएत बाट कसरी आफु बाचेर अरुलाई बचाउन सकिन्छ?? भन्ने बिषयमा छलफल भएको थियो।
उक्त उद्घाटन कार्यक्रमका प्रमुख अतिथी सन्तोष चालिसेले बिक्रम सम्बत २०७२ सालमा आएको महाभुकम्पमा प्राकृतिक बिपद प्रतिकार्य तालिम तथा ज्ञान नहुदा भएका मानबिय तथा भौतिक क्षति विभिन्न उदाहरणलाई स्पष्ट पार्दै यो तालिमले सबैलाई सचेत गराउने छ भन्नेमा बिश्वस्त रहेको बताएका थिए।