काठमाण्डौ, नागार्जुन नगरपालिकामा मानसिक स्वास्थ्य एवं लागुऔसध दुर्व्यसनी सचेतनामा अभिभावकको भुमिका सम्बन्धी अभिमुखिकरण कार्यक्रम-२०७७ सम्पन्न भएको छ।
'समुदाय प्रहरी साझेदारी' कार्यक्रम अन्तर्गत नागार्जुन नगरपालिकाको आयोजना तथा आसरा सुधार केन्द्रको सहकार्यमा भएको उक्त कार्यक्रम नागार्जुन नगरपालिका प्रमुख तथा समुदाय प्रहरी साझेदारी नागार्जुन नगरपालिका समितिका संयोजक मोहन बहादुर बस्नेतको सभापतित्व, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहको प्रमुख आतिथ्यता तथा नागार्जुन नगरपालिका उपप्रमुख शुसिला अधिकारीको विशेष आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा नगरपालिका अन्तर्गतका वडाका वडा अध्यक्ष हरु,वडा सदस्यहरु,कर्मचारीहरु,आसरा सुधार केन्द्रका कर्मचारीहरु,नगरपालिकाबासीहरु ,बुद्धिजीवी पत्रकार लगाएतको उपस्थिति रहेको थियो।कार्यक्रमका प्रमुख सल्लाहकार तथा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले बोल्दै अहिले समाजमा घटित विभिन्न अपराधिक घटनालाई हेर्दा लागू औसध दुर्व्यसनमा फसेका ब्यक्तिहरुबाट बढी हुने गरेको बताउदै आफ्ना बालबालिकालाई निगरानी गर्नुपर्ने सम्पुर्ण अभिभाबकको दायित्व भएको बताए।
वरिष्ठ उपरीक्षक सिंहले समाजमा घट्ने विभिन्न अपराधिक गतिबिधी न्यूनीकरण गर्नलाई सम्पुर्ण नागरिकको पनो कर्तव्य भएकोले प्रहरी तथा सर्बसाधारण सबैले मिलेर तथा हातेमालो गरेर मात्र गर्न सकिने बताए।
त्यसैगरी कार्यक्रमका सभापती मोहन बहादुर बस्नेतले समाजमा हुने अपराधीक गतिबिधिलाई न्युनिकरण गर्नको लागि नेपाल प्रहरी,जनप्रतिनिधी,सर्बसाधारण सबैको एकताबद्ध भएर मात्र सम्भव हुने हुँदा सबैजना मिलेर अगाडी बढ्नुपर्ने बताए।कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यबाद ब्यक्त गरेका थिए।