काफल , हाम्रै वरपर लटरम्म फलेका काफलका बारेमा रोचक तथा फाईदाजनक कार्य रहेका हुन्छन ति यस प्रकार छन्!
औषधीय गुणहरू:
१ . काफल अमिलो-गुलियो एवं रसिलो फल हो ।
२. यो फलले जिब्रो मात्र लोभ्याउँदैन, यसमा औषधिय गुण पनि हुन्छ ।
३. विभिन्न समस्यामा काफलको दाना, बोक्रा प्रयोग गर्न सकिन्छ ।
४. ज्वरो आएमा, घाँटीको समस्या भएमा, दम बढेमा, रगतको कमी भएमा काफलको सेवन उपयोगी हुन्छ ।
५. खाना अरुची भएमा काफलको सेवनले लाभ मिल्ने बताइन्छ ।
६. साथै मधुमेह रोगको लागि पनि यो रामबाण हो । आयुर्वेद विशेषज्ञहरुले यसमा एन्टी अक्सिडेन्ट भरपुर मात्रामा पाइने बताएका छन् ।
७. यस फलको सेवनले मुटु लगायत क्यान्सर रोगको जोखिम कम गर्ने बताइन्छ ।
८. कानको रोग, आँखाको रोग, अनियमित मासिक स्राव, टाउको दुखाई आदिमा काफलको धुलो, बोक्रा आदिको औषधी बनाएर सेवन गर्दा लाभ मिल्ने बताइन्छ ।
९. यसैगरी दम, नपुंशकतामा समेत काफल उपयोगी हुन्छ । बाहिरी घाउचोट निको बनाउन काफलको बोक्राको धुलो प्रयोग गर्न सकिन्छ ।