बागमती प्रदेश- नागार्जुन नगरपालिका, काठमाडौं महानगरपालिका तथा मानव सेवा आश्रम बिच मानव आश्रम नागार्जुन -०६ मा भवन निर्माण तथा संचालन सम्बन्धी सम्झौता सम्पन्न भएको छ। काठमाडौं स्थित नागार्जुन नगरपालिकाका नगर प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि काठमाडौं महानगरपालिका प्रमुख बिधा सुन्दर शाक्य,विशेष अतिथी का.म.न.पा उप-प्रमुख हरिप्रभा खड्की रहेका थिए,त्यसैगरी अतिथिहरुमा नागार्जुन नगरपालिका उप-प्रमुख सुशीला अधिकारी, का.म.न.पा. प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली,नागार्जुन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर,का.म.न.पा.वडा अध्यक्षहरू, नागार्जुन नगरपालिका वडा अध्यक्षहरू,कार्यपालिका सदस्यहरु, नगरपालिकाका कर्मचारीहरू,पत्रकारहरु बुद्धिजीवी लगाएतको बाक्लो उपस्थिति रहेको थियोे।
यसै कार्यक्रमका बिच मानव सेवा आश्रम एवं सरोकारवालाहरूको उपस्थितमा काठमाडौं महानगरपालिका,नागार्जुन नगरपालिका र मानव सेवा आश्रम विच सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम नागार्जुन-०६ भवन निर्माण तथा संचालन गर्न सम्झौता सम्पन्न भएको छ।
सहिद धर्मभक्त माथेमाको नामबाट नामाकरण गरिएको त्रीपक्षिय सम्झौताले सबैमा उत्साह थपेको छ।नागार्जुन नगरपालिकाका मोहन बहादुर बस्नेतले बोल्दै उक्त सम्झौता आफ्नो जिवनको आबैभन्दा उत्तम काम भएको बताउदै दशकौदेखि युवाहरुले रमाईलो गरेर हिड्ने प्रहरमा मानव प्रबर्द्धन तथा सडक आश्रीत मानव मुक्त बनाउन जुन प्रयास गर्नुभएको छ,अहोरात्र खटिनु भएको छ यो कार्य साच्चिकै सह्रानिय छ,मेयर बस्नेतले बताए।
मानव सेवा नै हाम्रो धर्म संस्कार र संकृती भएकोले कसैले पनि फजुल खर्च नगरी मानव सेवा आश्रमजस्ता सामाजिक कार्यमा लगाउन आग्रह गरेका थिए भवन निर्माण पश्चात् संस्थागत रुपमा बार्षिक नगरपालिकाले ३५ लाख आर्थिक सहयोग गरिने बताए। त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि तथा काठमाडौ महानगरपालिकाका मेयर बिध्यासुन्दर शाक्यले स्थानिय सरकारद्वारा बिभिन्न् समस्याहरुलाई समाधान गर्दै आएको र जुन नागार्जुन नगरपालिकालेमा गरिएको मानवसेवा आश्रम भवन निर्माण सम्बन्धि सम्झौता साच्चिकै उदाहरणिय काम रहेको बताउदै यस्ता कार्यले हाम्रो भबिस्यको सुन्दर मार्ग निर्धारण हुने बताए भने काठमाडौ महानगरपालिकाकालाई सडक आश्रीत मानव मुक्त महानगरपालिकाका रुपमा घोषणा समेत गरेको बताए।