काठमाडौ : प्रवास कतारमा रहेको संस्था "नेपाल प्रवासी तामाङ समाज कतार"को आयोजना तथा तामाङ समाज नेपालको ब्यवस्थापनमा भेट्घाट तथा आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
बालाजु स्थित म्हेन्दोमाया रोधी नाचघर मित्र नगरमा एक कार्यक्रमको आयोजना गर्दै प्रवासमा संगठित तामाङ समाजका पदाधिकारीहरु बिच भेटघाट तथा आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो ।
तामाङ समाज कतारका बर्तमन सचिब सुबास पाख्रीन तामाङको सभापतित्वमा अन्तर्राष्ट्रिय तामाङ परिषद्का बरिस्ठ उपाध्यक्ष टासी लामाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा - विशेष अतिथीहरुमा नेपाल तामाङ कलाकार संघ, काठमाडौको अध्यक्ष विश्व दोङ, ITC (अन्तर्राष्ट्रिय तामाङ परिषद) का सचिब रबिङ थिङ, ITC Gulf सचिब सुरेन्द्र थिङ तामाङ (तामाङ समाज यु ए इ का पुर्ब उपाध्यक्ष), नेपाल तामाङ घेदुङ मलेसियाका प्रतिनिधि काजी तामाङ, सानुमाया फाउन्डेसनका अध्यक्ष दिल बहादुर थोकर तामाङ, म्हेन्दोमाया कलाकार संघ, काठमाडौका अध्यक्ष राज किङ वाइबा, त्येसैगरि ..
म्हेन्दोमाया कलाकार संघ रुबी भ्यालीका अध्यक्ष आरम्बा तामाङ,म्हेन्दोमाया कलाकार संघ रसुवाका अध्यक्ष शिशिर थोकर, तामाङ समाज यु ए इ काठमाडौ सम्पर्क कार्यलयका सचिब निसान वाइबा लामा,म्हेन्दोमाया रोधि घरका सन्चालिका सीता लामा, मिडियाहरुमा मुग्लानी खबर डट कम, तामाङ आवाज लगायत बिशिस्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।
तामाङ समाज नेपालका अध्यक्ष रोशन दोङ तामाङले सानुमाया फाउन्डेसन अध्यक्ष दिल बहादुर तामाङ साथै प्रमुख अतिथी, विशेष अतिथीको रहोबरमा उच्छ शिक्षा अध्ययनको लागि बुद्ध लामालाई तामाङ समाज कतारबाट रु ५०,००० (पचास हजार) र उक्त कार्यक्रम हलबाट मनकारी ब्यक्तीहरुबाट सहयोग स्वरूप रु २७५०० गरी जम्म रु ७७५००(सततर हजार पाँच सय मात्र) हस्तान्तरण गरिएको थियो
कार्यक्रममा नेपाल प्रबासी तामाङ समाज कतारको बारेमा कुमार मोक्तानले प्रष्ट पारेका थिए । तामाङ समाज नेपालका उपाध्यक्ष संजय तामाङले उपस्थित सम्पुर्णलाई स्वागत मन्तब्यद्वारा स्वागत गरे भने औपचारिक सहजीकरण कमल योञ्जन तामाङले गरेका थिए ।
कार्यक्रममा उपस्थिति सहयोगी सम्पुर्ण मनहरु साथै कार्यक्रम सफल बनाउनको तन मन धनले सहयोग गर्ने सम्पुर्ण तामाङ समाज नेपाल परिवार र नेपाल प्रबासी तामाङ समाज कतार परिवार प्रति समाजले हार्दिक आभार ब्यक्त गरेको पनि बताए ।