काठमाडौ - गोकर्णेश्वर नगरपालिकामा आउनुभएका नयाँ प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटालाई स्वागत तथा निवर्तमान प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यलाई एक कार्यक्रमको आयोजना गरि विदाई गरिएको छ ।
गोकर्णेश्वर नगरपालिकाको अभाहलमा आयोजित कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ती नेपाल, वडा अध्यक्षहरु तथा कर्मचारीको उपस्थितीमा प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटालाई स्वागत तथा १७ महिना गोकर्णेश्वर नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतमा राम प्रसाद आचार्यलाई विदाई गरिएको छ।
स्वागत तथा विदाई कार्यक्रममा नगर प्रमुख चालिसेले बोल्दै नयाँ प्रमुख प्रशासकीय अधिकृत सापकोटासँग नगरको विकासमा सहकार्य, समन्वय गर्दै कार्य गर्न सहज हुने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना हरेका थिए।नगरपालिकामा जनप्रतिनिधिहरुको ५ वर्षे कार्यकाल सकिने अवस्था रहेतापनी कर्मचारी जनप्रतिनिधि लगाएत कर्मचारीहरुले नगरपालिकाको बृहत प्रगती र बिकासको लागि कडा परिश्रम सहित गरेकोमा खुशी ब्यक्त गरे।

नगर प्रमुख चालिसेले निवर्तमान प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य जस्तो अनुभवि व्यक्तित्वसँग काम गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए।अधिकृत आचार्य जहाँ पुगे पनि त्यस क्षेत्रको विकासमा उनको अनुभव र क्षमताले सफल हुने बिस्वास ब्यक्त गरेका थिए। उनले आचार्यको अनुभव र क्षमताको कदर गर्दै कुनै पनि कुराको सुझाव सल्लाहको आवस्यकता पर्दा सम्पर्क गरेर मात्र अघि बढ्ने बताए।
स्वागत तथा विदाई कार्यक्रममा नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसाल, वडा नं. ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं. ६ का वडा अध्यक्ष रमेश अर्याल, वडा नं. ७ का वडा अध्यक्ष केशव गुरुङ, वडा नं. ९ का वडा अध्यक्ष राजिव थापा लगायतको उपस्थिती रहेको थियो ।कार्यक्रममा नगर उपप्रमुख शान्ति नेपाल, वडा अध्यक्षको तर्फबाट वडा नं. ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य राखेका थिए।

त्यसैगरी आजकै दिनबाट नयाँ प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले पदभार ग्रहण गर्दै नयाँ प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ प्रसाद सापकोटाले पाएको दायित्व र अधिकारको आधारमा नगरपालिकाको विकासमा सबैसँग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा निवर्तमान प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यले बोल्दै नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीसँग अत्यन्त सहजताका साथ सहकार्य र समन्वयमा काम गर्न पाएकोमा आभार व्यक्त गर्दै आफ्नो कार्यकलमा साथ सहयोग पुर्याउनु हुने सम्पुर्णमा धन्यवाद ब्यक्त गरेका थिए।