काठमाडौँ, गोकर्णेश्वर नगरपालिकाको आठौं नगर सभा गोकर्ण फरेष्ट रिसोर्टमा आईतवार देखि शुरु भएको छ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेको सभापतित्वमा शुरु भएको नगर सभाका प्रमुख अतिथि पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अम्बिका बस्नेत, बिशेष अथितिहरुमा बागमती प्रदेश सभा सदस्य छिरिंङ दोर्जे लामा , नेपाली कांग्रेस काठमाडौं जिल्ला सचिव गोबिन्द पुडासैनी, गोकर्णेश्वर नगरपालिका उप प्रमुख शान्ती नेपाल प्रमुख प्रशासकीय अधिकृत द्वय राम प्रसाद आचार्य र बैकुण्ठ सापकोटा गोकर्णेश्वर नगरपालिकाको ९ वटै वडाका वडा अध्यक्षहरु कार्यपालिका सदस्यहरु,बुद्धिजीवी ,कर्मचारी लगाएतको उपस्थिति रहेको थियो।

राष्ट्रिय गान तथा सामुहिक नगर गान मार्फत शुरु भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री एवं नेपाली कांग्रेसको केन्द्रीय सदस्य अम्बिका बस्नेतद्वारा दिप प्रज्वलन गरि उद्घाटन गरिएको थियोे भने गोकर्णेश्वर नगरपालिका उप प्रमुख शान्ती नेपालले स्वागत मन्तब्य राख्दै कार्यक्रमको उदेश्य स्पष्ट पारेकी थिइन।
कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री एवं नेपाली कांग्रेसको केन्द्रीय सदस्य अम्बिका बस्नेतले बोल्दै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेकी थिईन। जनप्रतिनिधिले जनताको भावनाअनुरुप काम गर्नु पर्नेमा जोड दिदै त्यो अशल जनताका जनप्रतिनिधिको दायित्व र कर्तव्य भएको बताउदै त्यो दायित्व पुरा गर्न कुनै कसर बाँकी राख्नु नपर्नेमा समेत जोड दिएकि थिईन।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यले गोकर्णेश्वर नगरपालिकाको आर्थिक र विकास योजनाहरु को साथै अर्धबार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए। विभिन्न समितीहरुका प्रतिवेदनहरु प्रस्तुतिका साथै नगरपालिकाको आर्थिक र विकास योजनाहरु प्रस्तुत गरिएको नगरसभाको सुन्य समयमा प्रमुख सन्तोष चालिसेले जिज्ञाशाहरुको जवाफ दिएका थिए। उनले ५ बर्षको कार्यकालको अन्तिम समयमा सम्म पनि सबै जनप्रतिनिधि एक जुट भएर काम गरेको बताएका थिए। उनले अन्य नगरको तुलनामा गोकर्णेश्वर नगरपालिकालाइ केन्द्रले उच्च मूल्यांकन गरेको बताएका समेत बताएका थिए।
कार्यक्रममा वडाअध्यक्षहरुको तर्फबाट गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, बिशेष अतिथि बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।कार्यक्रमको सहजीकरण प्रशासन प्रमुख टंकनाथ घिमिरेले गरेका थिए।