बागमती प्रदेश- बागमती गाउँपालिका ललितपुरको आयोजना तथा सन्ध्या फिल्म्स एण्ड मिडिया प्रालीको सहकार्यमा दुई दिने 'सहकारी संस्था क्षमता बिकास तथा अन्तरक्रिया' कार्यक्रमको उद्घाटन डिलाइट पाटी भेन्यु महालक्ष्मीस्थान ललितपुरमा सम्पन्न भएको छ।
सन्ध्या फिल्म्स एण्ड मिडिया प्रालीका अध्यक्ष दिलमाया तामाङको सभापतित्व तथा बागमती गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चनको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत खम्बराज राईको बिशेष आतिथ्यता रहेको थियो।त्यसैगरी अतिथिहरुमा लेखा अधिकृत डन्डपाणि पौडेल, वडा अध्यक्ष बिष्णु प्रसाद तिमल्सिना,सहकारी शाखा प्रमुख दिल बहादुर लामा ,महिला बालबालिका शाखा प्रमुख अम्बा बास्तोला ,प्रेस सल्लाहकार ,प्रमुख प्रशिक्षक प्रीतम पौडेल लगायत विभिन्न सहकारी सस्थाका प्रतिनिधिहरु जनप्रतिनिधिहरु लगाएत बुद्धिजीवी पत्रकार लगायतको उपस्थिति रहेको थियो। गायिका तथा टेलिभिजन प्रस्तोता बिष्णुमाया पौडेलद्वारा संचालित उद्घाटन कार्यक्रममा सहकारी शाखा प्रमुख दिल बहादुर लामाले स्वागत मन्तब्य मार्फत सबैलाई स्वागत गरेका थिए।उक्त उद्घाटन कार्यक्रममा शुभकामना मन्तब्य राख्नेहरुमा वडा नं ३ का वडा अध्यक्ष बिष्णु प्रसाद तिमल्सिना,प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई लगायत रहेका थिए।मन्तव्य राख्नेहरु अधिकांसले गाउँपालिका मार्फत विभिन्न संघ सस्था सहकारी सम्बन्धी दिईने प्रशिक्षण कार्यक्रमले सबैलाई क्षमतावान आत्मनिर्भर हुनमा प्रोत्साहन गर्ने बताए।बिगतमा सहकार्य संस्था सन्ध्या फिल्म्स एण्ड मिडिया प्रालीद्वारा राखिएका कार्यक्रम बाट सिकेर कार्यक्रम संचालन र विभिन्न क्षेत्रमा नेतृत्व लिन सफल भएको देखिएकोले खुशी ब्यक्त गर्दै दुई दिने कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथी वीर बहादुर लोप्चन ले बोल्दै बागमती गाउँपालिका मा रहेका विभिन्न संघ संस्था वर्ग समुहलाई समान रुपमा अगाडी बढाउदै क्षमतावान बनाई नेतृत्व लिन सफल बनाउन विभिन्न कार्यक्रम आयोजना गर्दै आएको बताउदै यस कार्यक्रमबाट पनि सिकेर प्रयोगमा ल्याउनेमा बिश्वस्त भएको बताउदै आगामी दिनमा पनि अझै प्रभावकारी कार्यक्रम ल्याउने बताउदै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए। अन्त्यमा कार्यक्रमका सभापति तथा सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीका अध्यक्ष दिलमाया तामाङले सहकार्य, सहअस्तित्व, समानकार्य वा सँग-सँगै गरिने कामलाई बुझाउँदछ। यसरी सँगसँगै मिलेर काम गरी थोपा थोपा मिलेर समुद्र बन्छ,आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक हैसियत माथि उठाउन गरिएको सामुहिक प्रयासलाई नै सहकारी भनिन्छ। सहकारी संस्था विकास तथा अन्तर्कृया कार्यक्रम जस्तो महत्वपूर्ण जीवन उपयोगी कार्यक्रमको आयोजना गरि समग्र ब्यक्ति संस्था र समाजको परिवर्तन गर्दै मुलुककै आर्थिक अभिबृद्धिमा ठूलो लाभान्वित हुने उदेश्य बोकेर कार्यक्रमको आयोजना गर्न गाउँपालिकाद्वारा वजेट विनियोजन गरि महत्वपुर्ण भुमिका खेल्नु भएकोमा गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चन,उपाध्यक्ष ,प्रशासकिय प्रमुख ,वडाका वडा सदस्यहरु,प्रमुख प्रशिक्षक प्रीतम पौड्याल, कार्यक्रममा स्वस्फूर्त रुपमा सिकेर केही गर्नुपर्छ भन्ने आट मन बिचार बोकेर पाल्नुभएका सहभागी लगाएत सम्पूर्णलाई धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पनि यस्ता साथ सहयोग गर्नुहुनेमा बिश्वस्त रहदै उद्घाटन कार्यक्रम समापन भएको घोषणा गरेकी थिईन।