बागमती प्रदेश - काठमाण्डौ, गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोग तथा तालिन्चोक महिला उपभोक्ता समुहको आयोजनामा १५ दिने मखमलको जुत्ता बनाउने तालीम वडा नं ४ स्थित गृहश्रमिक सहकारी संस्थामा सम्पन्न भएको छ।
तालिन्चोक महिला उपभोक्ता समुहका अध्यक्ष लक्ष्मी श्रेष्ठको सभापतित्व तथा वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको समापन समारोहमा वडा सदस्यहरु , जनप्रतिनिधिहरु ,वडा सचीव, मुग्लानी खबरका अध्यक्ष दिलमाया तामाङ,प्रशिक्षक लगायत सहकारी संस्थाका पदाधिकारीहरु ,समितिका टिम लगायत वडा भित्रका महिला बुद्धिजीवी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
गौरी श्रेष्ठ द्वारा सहजीकरण गरिएको समापन समारोहमा समितिका सचीव जयन्ती थापाले स्वागत मन्तव्य मार्फत सबैलाई स्वागत गरेका थिईन।उक्त समापन कार्यक्रममा शुभकामना मन्तब्य राख्नेहरुमा वडा सदस्य ,मुग्लानी खबरका अध्यक्ष लगाएतले समितिले गरेको कार्यप्रति प्रशंसा गरेका थिए भने पन्ध्र दिनको मखमलको जुत्ता बनाउने तालिमले महिलाहरु आत्मनिर्भर बनेर स्वरोजगार बन्ने बताएका थिए। त्यसैगरी कार्यक्रमका प्रमुख अतिथी वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले बोल्दै तालीम प्रभाबकारी भएको भन्दै प्रशंसा गरेका थिए।तलिम पश्चात् समितीले उत्पादनमा वृद्धि गर्दै लानुपर्ने र त्यसको लागि आगामी दिनमा वडाको सहयोग रहने बताए ।
स्थानीय तहको पहिलो कार्यकाल सकिदै गर्दा आगामी दिनको निर्वाचनमा चनाखो रहन आग्रह समेत गरेका छन साथै वडा बासिलाइ समस्या पर्दा वडा र सम्बन्धित निकाएमा सम्पर्क गर्न आग्रह समेत गरेका छ साथै वडा भित्रका विभिन्न संघ संस्था वर्ग समुहलाई समान रुपमा अगाडी बढाउदै क्षमतावान बनाउने विभिन्न कार्यक्रम आयोजना गर्दै आएको बताएका थिए। त्यसैगरी यस कार्यक्रमबाट पनि सिकेका सिपहरुलाई प्रयोगमा ल्याई आत्मनिर्भर बन्नेमा बिश्वस्त भएको बताउदै आगामी दिनमा अझै प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता जाहेर गर्दै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथिबाट सम्पुर्ण प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र तथा तालिम पश्चात् निर्माण गरिएका मखमलको जुत्ता हस्तान्तरण गरि संमान गरेका थियो भने उक्त महिला समुहका सचीवद्वारा प्रमुख अतिथि,विषेश अतिथि तथा अतिथिहरुलाई मायाको चिनोको रुपमा मखमलको जुत्ता प्रदान गरिएको थियो।
अन्त्यमा कार्यक्रमका सभापति तालिन्चोक महिला उपभोक्ता समुहका अध्यक्ष लक्ष्मी श्रेष्ठले हाम्रो निमन्त्रणालाई सहस्र स्वीकार गर्दै प्रमुख अतिथि, विशेष अतिथि तालिममा उत्साहजनक दिदिबहिनीहरुको उपस्थित र प्रशिक्षकको प्रशिक्षण, दिदिबहिनीहरुको कार्यक्रमप्रतिको लगाव झुकाव र सक्रियताले कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको बताउदै उपस्थित सम्पुर्णलाई धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।