बसन्तराज शुब्बा: कमल वडा नं ५ का महिला शसक्तिकरणद्वारा सञ्चालित ३ महीने टेलरिङ तालिम सम्पन्न भएको छ ।
प्रदेश १ माननीय इन्दिरा राईको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत कोषको आर्थिक सहयोगमा कमल वडा नं ५ का महिला सशक्तिकरणद्वारा संचालित ३ महिने टेलरिङ तालिम असार १२ गत्ते साबित्रा-चोक स्थित सभा हलमा सेलिना राईको सभाध्यक्षमा सिलाई कटाई/टेलरीङ कार्यक्रम औपचारिक रूपमा भब्यताका साथ समापन भएको छ।
राष्ट्रीय प्रजातन्त्र पार्टीका क्षेत्र नं.५ का क्षेत्रीय अध्यक्ष एवम दमक नगरपालिका वड़ा नं.७ का वडाध्यक्ष भिम पौडेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रम मूलतःराष्ट्रीय प्रजातन्त्र पार्टीबाट प्रदेश एकका समानुपातीक सांसद इन्दिरा राईको निर्वाचन क्षेत्रमा विकास कार्यक्रम अन्तर्गत कोषबाट स्वीकृत योजनाद्वारा सञ्चालित महिला शासक्तिकरण एवम तिन महिने सिलाई-कटाई टेलरिङ तालीम गत चैत महिनामा औपचारिक रुपमा उदघाटन गरि सोही कार्यक्रमलाई असार १२ शनिबार समापन गरिएको छ।
प्रमुख अतिथि , बिशेष अतिथिहरुद्वारा द्विप प्रज्वलन गरी उद्घाटन गर्दै राष्ट्रीय गानबाट शुरू गरिएको उक्त कार्यक्रममा २८ जना तालिम प्रशिक्षार्थी महिलाहरु लाई कार्यक्रमका प्रमुख अतिथि महिला सशक्तिकरणका उपाध्यक्ष तथा लखनपुर खानेपानीका अध्यक्ष उषा भण्डारी को हातबाट अविर-जात्रा सहित प्रमाण-पत्र बितरण गरिएको थियो ।प्रशिक्षक पूर्णमाया गौतम र ताराकुमारी बस्नेत लाई समेत सम्मान-पत्र दिएको थियो। प्रमुख अतिथी भिम पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दै माननीय सांसद इन्दीरा राईले आफ्नो कार्यकालमा गरेका सम्पूर्ण कार्यहरु जनताकै हितमा गरेको बताए ! विकास एकतर्फी भयोकी भन्ने प्रसंगमा आफु झापा निर्वाचन क्षेत्र नं-५,को क्षेत्रीय अध्यक्ष भएकोले भएका सबै विकास योजनाका कामहरु सबैको सहमति मै भएको भन्दै अहिले दमक नगरदेखि कमल गाँउपालिका अन्तर्गतका सबै वडाहरुमा महिलाहरुलाई शिपमुलक कार्यक्रमको आयोजना गरि शसक्त बनाउने पहलहरु भईरहेको बताए ! अब उनको कार्यकालको अन्तिम बजेट पनी जनताकै हितमा हुने बिश्वास दिलाउदै महिलाहरुका लागि संचालित शिपमुलुक कार्यक्रमका आयोजक प्रति धन्यबाद ब्यक्त गरेका थिए ।
त्यस्तै महिला शसक्तिकरणकी उपाध्यक्ष एवम लखनपुर खानेपानी अध्यक्ष तथा सरसफाईकी प्रमुख उषा भण्डारीले मन्तब्यमा महिला शसक्तीकरणले महिलाहरुको लागी आत्मा निर्भर बनाउन सशक्त रुपमा लागि परेको बताईंन !सम्पूर्णदीदी बैहिनीहरुलाई सक्षम बनाउन घरबाट पनी त्यो छूट हुन आवश्यक रहेको बताउदै अबका दिनमा महिलाहरुलाई शसक्तिकरणले वक्तित्वकला पनी सिकाउन पर्ने र महिलाहरुले त्यस्ता कुरामा विशेष जोड़दिनु पर्ने बताईन ! सिप सीकेका दीदी बैहिनीहरुले क्रमस सिलाईका अन्य डिजाईनहरु सिक्दै जानुपर्ने बताउदै अधुरा सिकाई बाट सफल व्यवसायी बन्न नसकिने समेत बताएकी थिइन्!
त्यस्तै अतिथि सामाजिक ब्यक्तित्व एवम मुग्लानी खबर प्रतिनिधि बिरेन्द्र कु.याक्थुंबाले आफ्नो मन्तव्यमा प्रदेश नं.१ की माननीय सांसद इन्दीरा राईले कमल गाँउपालिकामा विकासका कामहरु उदारणीय काम गरेको बताए! याक्थुंवाले बोल्दै पार्टीभन्दा माथी उठेर हेर्ने हो भने सांसद राईले हिजोका दिनमा भोट कसले दियो दिएन भन्ने कुरामा ध्यान नदिई समान रुपमा विकासका उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गरेका थिए ! ऊनीले सांसद रहदा पनि उत्कृष्ट गरेको र बिशेषत कमल गाँउपालिकाका महिलाहरुमा संस्थागत तथा उद्यमीशीलताका बारेमा सकारात्मक भूमिका रहेको बताउदै सिलाई कटाई तालीम लिएका महिलाहरुलाई सिकेको शीप व्यबहारिक रुपमा प्रयोग ल्याउन सुझाव दिएकी थिइन् ।
कार्यक्रमका विशेष अतिथी राप्रपा जिल्ला सदस्य विष्णु पौडेल, अतिथीहरुमा चन्द्रकला शुब्बा, कमल गाँउपालिका जनप्रतिनिधि युवराज खड़का, राप्रापा कमल गाँउ पालिका अध्यक्ष, शिवसत्ताशी खबर पत्रिका प्रतिनिधि बसन्तराज शुब्बा , टेलरीङ प्रशिक्षक पूर्णमाया गौतम र ताराकुमारी बस्नेत लगायत रहेका थिए ।
डिल्लीराम उप्रेतीद्वारा सञ्चालित कार्यक्रममा उपस्थितहरु लाई स्वागत मन्तव्य बिन्दा कार्कीले गरेकी थिईन भने कार्यक्रमको अन्त्यमा: सभापति सेलिना राईले बोल्दै सांसद इन्दीरा राईले आफ्नो क्षेत्रमा गरेको सामाजिक विकास भौतिक पुर्बाधार निर्माणमा पुर्याएको योगदान अनुरुप स्थानियहरुमा अवगत नभएको गुनासो ब्यक्त गरेकी थिइन! सांसद राई सरकारमा नरहेकोले पनी स्थानीय तहमा समाजका अगुवा र मीडियाहरुले त्यति चासो नदीएको बताएकी थिइन् ! मेसिन बितरण गर्ने कुरामा प्रयाप्त रुपमा उपलब्ध नहुदा कसलाई प्रदान गर्ने कसलाई नगर्ने विषयमा अन्योलता छाएको हुदा अग्रज हरुको सल्लाह बमोजिम छिट्टै टुंगो लगाउने बताएकी थिइन् भने सिलाई कटाई सिक्न स्वस्फुर्त उपस्थित दिदिबहिनीहरु तथा प्रशिक्षक प्रति धन्यबाद ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरेकी थिइन्!