काठमाण्डौ,गोकर्णेश्वर नगरपालिका वडा नं ७ मा चार दिने वडा स्तरीय भासण तथा उद्घोषण तालिम-२०७९ को एक कार्यक्रमका बिच उद्घाटन सम्पन्न भएको छ।
सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीका अध्यक्ष तथा तालिमका संयोजक दिलमाया तामाङको सभापतित्व तथा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशेष अतिथीहरु वडानं ७ का वडा अध्यक्ष केशब गुरुङ,वडाका वडा सदस्यहरु,सहभागी महिला दिदिबहिनी तथा दाजुभाई बुद्धिजीवी, जनप्रतिनिधि लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।
गोकर्णेश्वर नगरपालिका अन्तर्गत वडा नं ७ भित्र रहेका सम्पुर्ण नागरिक हरु दक्ष क्षमतावान र आफ्ना भनाईहरुलाई सम्बन्धित निकाय संग प्रष्ट राख्ने सक्ने र विभिन्न संघ संस्थाको नेतृत्व लिएर काम गर्न सक्ने क्षमतावान प्रष्ट वक्ता बनाउने उदेश्य अनुरुप गरिएको तालिममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा नगर प्रमुख दिपक रिसालले बिगतका दिनहरूमा हरेक संघ संस्थामा महिलाहरुको भुमिका र सहभागीता कम रहेको स्मरण गर्दै नगरपालिकाले महिलाहरूलाई भासण ,उद्घोषण विभिन्न किसिमका सचेतनामुलुक कार्यक्रमको आयोजना गरि आज अधिकतम महिला दिदिबहिनी विभिन्न संघ संस्था सामाजिक कार्यमा सहभागीता हुँदै आर्थिक समृद्धितिर उन्मुख भएको बताएका थिए।यो तालिमलाई पनि सहभागी प्रशिक्षार्थीहरुले राम्रो संग सिकेर ब्यबहारिक जिवनमा लागुहुनेछ भन्ने बिश्वास ब्यक्त गर्दै तालिमको पुर्ण सफलताको अग्रिम शुभकामना ब्यक्त गरेका थिए।
कार्यक्रमको अन्त्यमा सभापति दिलमाया तामाङले बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ७ एउटा उत्कृष्ट वडाको रुपमा परिचित रहेको छ।लामो समयदेखी शिक्षा र तालिम बिना कुनै कार्यहरु गर्न असमर्थ रहन्छ।त्यसै कुरालाई ध्यानमा राख्दै बिगत लामो समयदेखी विभिन्न तालिमहरु, सचेतना कार्यक्रमहरु उद्घोषण तालिमहरुको आयोजना गरि सक्षम नागरिक बनाउन अहं भुमिका निर्बाह गर्दै आउनु भएकोमा वडा अध्यक्ष केशब गुरुङ, वडाका अन्य जनप्रतिनिधिहरु कर्मचारी लगायत सम्पुर्णमा धन्यवाद ब्यक्त गरेकी थिईन।
सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीको सहकार्यमा हुने यो तालिमले आजका युवाहरुलाई उद्घोषण गर्न सक्ने दक्ष र क्षमतावान जनशक्ति उत्पादनमा सकारात्मक भुमिका रहने जनाउदै स्वस्फूर्त रुपमा निरन्तर चार दिन सम्म सहभागी भैइ तालिम प्राप्त गर्नुहुने प्रशिक्षार्थीहरु ,प्रशिक्षक लगायत सम्पुर्णमा सफलताको अग्रिम शुभकामना ब्यक्त गरेकी थिईन।