दोहा : प्रवासी नेपाली मञ्च कतारको आयोजनामा "बृहत जन साँस्कृतिक २०२३ " कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
नेपाली नयाँ बर्ष २०८० तथा इद उल फित्रको शुभ अवसर पारेर, सहाँनिया स्थित अलदोसरी जु गार्डेनमा नेपालबाट आमन्त्रित कलाकारहरु चर्चित गायक बद्री पंगेनी, जनवादी गायक जीवन दाहाल र लोकदोहोरी गायिका माया गुरुङ लगायत स्थानिय कलाकार हरुको बेजोड साँस्कृतिक प्रस्तुतिमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।विविध औपचारिक रुपमा उद्घाटन गरि सुचारु गरिएको कार्यक्रमको सभाअध्यक्ष मञ्चका अध्यक्ष प्रभात त्रिपाठी र प्रमुख आतिथ्यता नेपाली दूतावास कतारका महामहिम राजदुत नरेश बिक्रम ढकाल रहेका थिए । कार्यक्रममा दोहामा स्थापित विभिन्न बैचारिक सङ्गठन, सामाजिक व्यक्तित्व, जिल्लागत संघ- संस्था लगायत मञ्चमा आबद्ध विभिन्न तह तप्काका पदाधीकारी हरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रम संयोजक प्रेम विश्वकर्माको स्वागत मन्तव्य रहेको कार्यक्रममा प्रदेश १ महासचिव निरन नेपाल, नेपाली महिला समाज कतार अध्यक्ष सरिता भन्डारी पौडेल,अनेमुस अध्यक्ष अजमत अलि ,एनआरएनए कतार अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान,एकता समाज कतार बाट बलदेव राना, अन्तर्राष्ट्रिय नेपाली समाजका अध्यक्ष राजाराम शाही,कतार नेपाली एकता मञ्चका अध्यक्ष रामहरि गैरे लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि,समाजसेवी बुद्धिजीवी पत्रकार लगायत कतारमा रहेका नेपाली दाजुभाई दिदिबहिनी हरुको बाक्लो उपस्थिति रहेको थियो।
त्यसैगरी नेपाली समाज कतारका अध्यक्ष तेज मोक्तान तामाङ, नेपाली जन प्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धि प्रसाद भण्डारी, नेपाली जनसम्पर्क समिति कतारका अध्यक्ष अजिज अलि,एनआरएनए मध्यपूर्व उप संयोजनक केवी हमाल, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय सचिवालय सदस्य कमल मणि गुरागाईं लगायतले शुभकामना मन्तव्य राख्दै दोहाको समाजमा प्रवासी नेपाली मञ्च कतारको एउटा छुट्टै छाप रहेको र, नेपाली श्रमजीवी हरुको हक हितको लागि बुलन्द आवाज उठाएकोमा सन्तुष्टि व्यक्त गरे । प्रमुख अतिथि महामहिम ढकालले बोल्दै बिहिवार मात्रै एउटा सुचना प्रकाशित गरिएको र जसअनुसार बिदेशमा रहेका नेपालीलाई दूतावास बाटै पुन : श्रम स्वीकृति प्रदान गर्दै आएको जानकारी दिएका थिए।उनले फेसबुक पेज वा दूतावासको वेबसाइटमा भिजिट गर्न आग्रह गर्दै कुनै कठिनाइ भएको खण्डमा दूतावासमा सम्पर्क गर्न सुझाव दिएका थिए।
एकवर्षमा ५२ शुक्रबार वा शनिबार हुन्छन्, त्यो दिन प्राय २,३ मनोरञ्जनात्मक कार्यक्रमहरु गर्ने गरेका छौं । एउटा शुक्रबार केवल एउटा मात्रै कार्यक्रम कसरी गर्ने भन्ने विषय लिएर दूतावास गम्भीर रहेको छ । साथै यहि विषय लिएर कतारमा सक्रिय रुपमा रहेका विभिन्न सङ्ग संगठनहरुमा निवेदन दिएको बताए ।
हामिलाइ भाषण होइन काम चाहिएको छ, फेसबुकमा टिकाटिप्पणी गरि राख्नुभन्दा समाज, देशलाई कसरी समृद्धि बनाउन सकिन्छ भन्ने कुरा सबैले सोच्न जरुरत छ ।विश्वको आर्थिक अवस्था गम्भीर रहेको छ, तसर्थ देश, गाउँ समाजको माया लाग्ने भए एक पैसा भएपनि साँचेर नेपाल पठाउन अनुरोध गरे ।
दूतावासमा आएका लगभग ८० % केसहरू नेपाली - नेपाली बिचकै झैं झगडाका कारण छन । बिदेशमा हामी किन मिल्न सकेनौ ? कसले लडाइरहेको छ भन्ने प्रश्न गर्दै प्रमुख अतिथि ढकालले नयाँ बर्ष सङ्ग हामी - हामी बीच हुने तिक्तता, दुस्मनलाई बिर्सेर एउटा नयाँ जोस जागरुक बनेर मित्रवत सम्बन्ध बनोस भन्ने कामना गर्दै इद पर्वको पनि शुभकामना व्यक्त गरे ।
कार्यक्रमलाई साङ्गीतिक माहोल बनाउनको लागि नेपाल बाट आमन्त्रित जनवादी कलाकार जीवन दाहालले "पोहोर साल लडाइँ चल्यो, सामन्तलाई बाँच्न हो, के गर्यो नेता मिलि जनता ढाँट्न हो ! भन्दै स्टेज निक्लेका उनले झरनाको चिसो पानी,राष्ट्रियता साट्दैन हामी,आयो एमाले जस्ता थुप्रै लोकप्रीय गीत पस्किए ।
लोकदोहोरी गायिका माया गुरुङले घुम्टी मुनि रोड भयो, मालढुङ्गा काटेर लगायत पन्चे बाजाको गीतमा आफ्नो गायन पस्किन । साथमा गायक दाहाल र गुरुङ बिचको दोहोरीले कार्यक्रम निक्कै साङ्गीतिक माहोल बनेको थियो ।
कार्यक्रमका आकर्षक,चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको प्रस्तुतिमा रम्न र रमाउन दर्शकले साँझ सम्म पर्खिरहे । करिव हजार जना दर्शक उपस्थित रहेको सहाँनिय स्थित अलदोसरी जु गार्डेनको सभाहलमा "तिम्रो घरमा मेरी छोरी" भन्ने गीतबाट आफ्नो प्रस्तुति राख्न सुरु गरेका गायक पंगेनीले जसको शासन आएपनि जनताको शासन आएन, पानी सलल, भिरको बाटो हिँडियो ..जस्ता करिव आधा दर्जन भन्दा धेरै गीत प्रस्तुति दिदा कार्यक्रम रोचक बन्यो । दर्शक बीचमा गएर कलाकार रेश्मी बि.क सँगको दोहोरी त झन घम्सा खम्सी नै परेको थियो । उनलाई दर्शकले भरपुर साथ दिए ।
स्थानिय कलाकार हरु शान्ती ओली,लुना खतिवडा,मनिष गोस्वामी,रेश्मी बिक, देव बिश्वकर्मा, कृजल पन्थी, जिया हमाल लगायत मगर संघ कतारका कलाकार हरुको पनि बेजोड प्रस्तुति रहेको थियो ।
उपसंयोजक शिवराम ढकालले साँस्कृतिक कार्यक्रम र मञ्चका सचिव बिनेश तामाङले सहजीकरण गरेको कार्यक्रममा अध्यक्ष प्रभात त्रिपाठीले बोल्दै कार्यक्रम सफल तुल्याउन विभिन्न माध्यम बाट सहयोग गर्ने तथा नेपाल बाट आमन्त्रित कलाकार लगायतलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।