रुबिभ्याली गाउँपालिका धादिङमा क्षमता अभिवृद्धी तथा नेतृत्व विकास तालिम' सम्पन्न
धादिङ, रुबिभ्याली गाउँपालिका सेर्तुङ धादिङको आयोजना तथा सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीको सहायोजनामा तीन दिने 'क्षमता अभिवृद्धी तथा नेतृत्व विकास तालिम -२०७९' सम्पन्न भएको छ।
रुबिभ्याली गाउँपालिका अध्यक्ष रामसिंह तामाङको सभाअध्यक्षतामा भएको कार्यक्रममा बिशेष अतिथिहरुमा गाउँपालिका उपाध्यक्ष फेलामा तामाङ,प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार गोले,लेखा शाखा प्रमुख बाबुलाल नेगी (मिलन), अतिथिहरुमा वडा नं १ का वडा अध्यक्षहरु पम्बर तामाङ,वडा नं २ का वडा अध्यक्ष रुपा घले लगायत कार्यपालिका सदस्यहरु, विभिन्न वडाका वडा अध्यक्षहरु, वडा सदस्यहरु,कर्मचारी तथा बुद्धिजीवी पत्रकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
रुबिभ्याली गाउँपालिकामा रहेका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई सक्षम बनाउने उदेश्य अनुरुप संचालित प्रशिक्षण कार्यक्रममा पब्लिक स्पिकर तथा प्रशिक्षक प्रीतम पौड्याल र उत्प्रेरणात्मक स्पिकर तथा मनोपरामर्शकर्ता रबिन कटवालले प्रशिक्षण दिनुभएको थियो।
समापन कार्यक्रममा बोल्दै बिशेष अतिथी गाउँपालिका उपाध्यक्ष फेलामा तामाङले सम्पुर्ण गाउँपालिकाको बिकास र प्रगतिको लागि तालिम तथा प्रशिक्षणको विशेष भुमिका रहने बताउदै यो प्रशिक्षण साच्चिकै सबैको हित र जीवन परिवर्तनको हुने बताए।हामिले यो अबधिमा सिकेका कुराहरूलाई साच्चिकै दैनिक जिवनमा लागू गर्ने नै हो भने हामीले सफलता प्राप्त गर्नेमा कुनै दुबिधा नभएको बताउदै आयोजक पालिका तथा सहकार्य संस्था सन्ध्या फिल्म्स एन्ड प्राली लगायत प्रशिक्षक प्रती धन्यवाद ब्यक्त गरेका थिए।
त्यसैगरी सभाअध्यक्ष तथा रुबिभ्याली गाउँपालिका अध्यक्ष रामसिङ तामाङले समापन कार्यक्रममा बोल्दै यो प्रशिक्षण तालिमले साच्चिकै सबैको ब्यबहारिक जिवनमा सकारात्मक भुमिका निर्बाह गर्नेमा बिश्वास दिलाउदै बिकास भनेको भौतिक संरचना र पुर्वाधार मात्र नभई जनचेतनाको बिकास हुनु अत्यन्तै जरुरी रहेको बताए।उनले जबसम्म जनचेतना बिकास हुदैन तबसम्म समृद्ध नेपालको कल्पना गर्न समेत नसकिने बताउदै आगामी झन सशक्त रुपमा यस्ता तालिमहरुको आयोजना गर्ने बताए।यो तालिम साच्चिकै सबैका लागि सार्थक भएको बताउदै आयोजक रुबिभ्याली गाउँपालिका,सहकाॠ संस्था सन्ध्या फिल्म्स एन्ड मिडिया प्राली,सहभागी जनप्रतिनिधिहरु, कार्यपालिका सदस्यहरु लगायत सम्पुर्णमा धन्यवाद ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरिएको थियो।
कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र तथा मायाको चिनो समेत प्रदान गरिएको थियो।उक्त तालिम गत चैत्र २० गते उद्घाटन गरिएको थियो