झापा: (वशन्तराज सुब्बा) - कमल गाउँपालिका केर्खामा महिलाहरुका लागि तीन हप्ते ब्युटिसियन तालिमको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
भुमी ब्यबस्थापन सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रदेश स्तरीय विनियोजित रकम र कमल गाउँपालिकाको संयोजकत्वमा इनरुवा इन्टरनेशनल पोलिटेक्निकल ईन्स्टिच्युट प्रा.लि बाट संञ्चालित तीन हप्ते नारी सौन्दर्यताको लागि ब्युटिसियन तालिमको औपचारिक रुपमा उद्घाटन गरिएको छ।
कार्यक्रमको संयोजक पुर्णिमा देवान( फागो)को सभाअध्यक्षमा शुरु भएको कार्यक्रममा कमल गाउँपालिकाकी गाउँपालिका उपाध्यक्ष प्रमिला तिवारीको हस्त-बाहुली बाट ब्यानर अनावरण गरि कार्यक्रमको उद्घाटन गरिएको हो।
राष्ट्रीय परिवर्तनका लागि बलिदान दिने ज्ञात-अज्ञात वीर शहिदहरुको सम्झनामा एक मिनेट मौनधारणा र राष्ट्रियगान बाट शुरु गरिएको उक्त कार्यक्रममा करिब कमल गाउँपालिका अन्तर्गत ७ वटा वडा मध्ये प्रत्येक वडाहरुबाट ३-३ जनाको कोटा बिभाजन गरि जम्मा २१ जनाको निश्चित कोटा रहेपनि केही वडाहरुमा तीन जनाको ठाउँमा दर्जनौ ले तालीम लिन आकाङ्क्षीहरुले फारम-सिफारिस भरेकाले सिमित कोटामा त्यस्को ब्यबस्थापन गर्न सरोकारवालाहरुलाई निक्कै असहज भएको थियो। वडा न ३,लगायत केही वडाहरुमा चिठ्ठा गोलाप्रथाद्वारा पनि समस्याको हलगर्नु परेको थियोे र सोहीअनुरुप ड्राइभिङ कोर्ष कोटा पनि त्यस्तै एकैसाथ भएकोले कार्यक्रम निर्धारित समय बिहानको ११ बजे शुरु गरिने भनेको कार्यक्रम दिनको ठिक दुई बजे शुरु भएको थियो।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गाउपालिका उप प्रमुख प्रमिला तिवारीले प्रदेश स्तरीय बजेट मार्फत चार किसिमका शिपमुलक कार्यक्रम कमल गाउँपालिकामा आएका मध्ये ब्युटिशियन तालिम पनि एक रहेको र यो तालिम मुलत: महिलाहरुलाई आत्मनिर्भर बन्न सकुन भन्ने उदेश्य रहेको र यो तालिममा सबैले गम्भीर भएर सिक्न आग्रह गरेकी थिइन। यदी कसैले आलटाल गरेर समय मात्र खर्च गरेर सिक्न चाहानु भएको छिइन भने अहिले नै छोडेर जान आग्रह गरेकी थिइन किनभने कुनै अन्य इच्छुक ब्यक्तिहरुले अवसरबाट बञ्चित हुन नपरोस भन्ने उनको आशय रहेको थियो। उनले थप भनाई राख्दै आउदो असार महिनको १६ गतेका दिन केर्खा बजार पश्चिम बस-स्टेश उत्तरखेल मैदानमा स्थानीय उत्पादित समानहरुको मेला लाग्ने जानकारी गराउदै आफुहरुले बनाएका समानहरु बेच्न सहभागी हुनपनी आग्रह गरेकी थिइन,
कार्यक्रमकि बिशेष अथिती वडा न.३ का वडा अध्यक्ष अग्नी कोइरालाले आफ्नो भनाई राख्दै ब्युटिशियन तालीम सीप एवं त्यसका समानहरुको महत्व र आवश्यकता बारे स्पस्ट पारेका थिए। त्यस्तै समवेशी महिला शसक्तीकरणकी अध्यक्ष सृजना पौडेलले आफू लामो समय बिभिन्न शिपमुलक कार्यक्रमहरुमा तालिम दिदैआएको भन्दै माहिलाहरुले सीप सिकेका र उद्यमी बनेकाहरुमा घरमा आर्थिक सहजता मात्रै हैन आय आर्जन पनि राम्रो गरेको बताउदै कार्यक्रम आयोजकलाई धन्यवाद दिएकी थिइन। साथै दमक तथा केर्खा बजारमा लमो समयदेखी ब्युटी-पार्लर सञ्चालन गर्दै आएकी ब्युटिसियन तालिम कार्यक्रमकी प्रशिक्षिका रिता राईले भोलि जेष्ठ ३० गतेदेखी तालिम शुरुहुने जानकारी गराउदै ब्युटिशियन तालिममा प्रशिक्षार्थिहरुलाई तालिमको समय पावन्दी भएकोले सबैले अनुशासित र नियमित सक्रिय भएर सिक्न आव्हान गरेकी थिइन। त्यस्तै अथितिहरुमा क्रमश: कमल गाउँपालिका बालबालिका शाखा प्रमुख रिता कार्की, उद्यमशिल महिला जागरण केन्द्र्की अध्यक्ष सान्ता दाहाल उप्रेती,अग्रज महिला समाजसेवी शान्ता मुखिया, पत्रकार बसन्त राज सुब्बा उपस्थिती रहेका थिए।
कार्यक्रमको अन्त्यमा: सभाध्यक्ष पुर्णिमा देवानले ब्युटिसियन तालिम कार्यक्रम आफैमा अहिलेका दिदी बैहिनीहरुका लागी सिक्न आवस्यक भएको हुदा कमल गाउँपालिका भरीको कोटा जम्मा २१ जनाको मात्रै सिमित हुदा धेरै इच्छुक महिलाहरु यो अवसरबाट बञ्चित हुनुपरेको बताउदै यो अवसर प्राप्त गरेका २१, जना दिदि बहिनिहरुले तलिमको कोर्स नछुटाई नियमित आएर सीप सिक्नक्प लग्गी सुझाव दिदै कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउनुहुने सबैलाई धन्यवाद ज्ञापन गर्दै अन्त्यसम्म सबैको साथ सहयोग प्राप्त गर्ने पुर्ण अपेक्षा सहित औपचारिक कार्यक्रमको समापन घोषणा गरेकी थिईन।
गौरा चापागाईंद्वारा सञ्चालित सो-कार्यक्रममा उपस्थितहरुलाई स्वागत मन्तव्यद्वारा बिरेन्द्र कुमार याक्थुम्बा (शुवास) स्वागत गरेका थिए।