काठमाण्डौ,गोकर्णेश्वर नगरपालिकामा नगर स्काउट समितिद्वारा शिवपुरी निकुञ्ज पर्खाल बाहिर बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
गोकर्णेश्वर नगर स्काउट समितिको आयोजनामा गत भाद्र ४ गते बुधबार भएको बृक्षारोपण कार्यक्रमको प्रमुख अतिथि नगर उप प्रमुख सान्नानी लामा रहेकी थिइन।त्यसैगरी विशेष अतिथिहरूमा गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष द्वारिका श्रेष्ठ,शिवपुरी राष्ट्रिय निकुञ्जको कोत थुम्को ब्यारेकका मेजर सुदर्शन बिष्ट रहेका थिए।
गोकर्णेश्वर नगर स्काउट समितिका संयोजक सुरेश कुमार खड्काको संयोजकत्वमा भएको बृक्षारोपण कार्यक्रममा अन्य सहभागि हुनुहुनेहरुमा विभिन्न राजनीति दलका व्यक्तिहरु,समाजसेवी ,बुद्धिजीवी,स्काउट लिडर, स्काउट मास्टर, रोभर/रेञ्जर, स्काउट भाइबहिनीहरू ,कोत थुम्को ब्यारेकका आर्मीहरू लगायतका व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो।
बृहत् बृक्षारोपण कार्यक्रममा विभिन्न जातका सयौ बृक्षहरु बृक्षारोपण गरिएको थियो।
कार्यक्रममा विभिन्न विद्यालयहरु तथा स्काउट क्रयुहरुमा योङ हर्ट ओपन क्र्यु,कागेश्वरी ओपन स्काउट क्रयु,चारुमती मित्र ओपन स्काउट ट्रुप क्रयु,गोकर्णेश्वर ओपन स्काउट क्रयु,नेसनल ओपन स्काउट क्र्यु,सुन्ताखान ओपन स्काउट क्रयु, दि सेलिब्रेसन रोभर रयान्जर क्रयु,जिन्युज स्काउट ट्रुप,ट्रङ्क्विल शान्ती पाठशाला स्काउट ट्रुप,आईलेन्स स्काउट ट्रुप,छहारी स्काउट ट्र्प,श्वेत बाबराही स्कुल,नव शुन्ताखान स्काउट ट्रप लगायतको उपस्थिती रहेको थियो। समितिका संयोजक सुरेश कुमार खड्काको स्वागत मन्तब्य रहेको कार्यक्रममा प्रमुख अतिथी सान्नानी लामाले वातावरणलाई जोगाउन र बाताबरण र मानव जीवन एक अर्काको परिपूरक भएकोले यो बृक्षारोपण कार्यक्रम अत्यन्तै महत्वपुर्ण रहेको बताइन।
उनले वातावरणलाई नजोगाए सम्म मानव जीवन यो समाज स्वस्थ हुन नसकिने बताउदै यो बृक्षारोपण कार्यक्रमका आयोजक स्काउट समिति तथा सम्पुर्ण उपस्थित व्यक्तिहरुलाई धन्यवाद ब्यक्त गरेकी थिइन।