![Sabin ads](https://www.muglanikhabar.com/uploads/bigyaapan/83118200.gif)
दाङ, रोल्पाली सेवा समाजको बिशेष पहलमा कुवेतमा बन्धक रहेकी केशरी राँगु मगरको उद्धार गरि परिवार मिलन गरिएको छ।
घोराही उपमहानगरपालिका वडा नं १९ सैघा निवासी केशरी राँग मगर गत चार महिना अघि विभिन्न दलालहरूको प्रलोभनमा परि भिजिट भिसामा दुबै हुँदै कुवेत पुगेको बताएकी छिन।उनको स्वास्थ्य अबस्था नाजुक बन्दै गएपछि उनलाई उद्धार गरि नेपाल झिकाउन हारगुहार गरिन तर उनलाई कुवेत सम्म पुर्याउने कुनै एजेन्टले समेत चासो नदेखाए पछि अन्ततः रोल्पाली सेवा समाजको सम्पर्कमा आइन।रोल्पाली सेवा समाजका केन्द्रीय अध्यक्ष डिलाराम वलीको समन्वय,पाल्पाली सेवा समाज युएई कि अध्यक्ष ओमकुमारी खाँण,कुवेत स्थित नेपाली दूतावास,पि एन सी सी लगायत विभिन्न ब्यक्तिहरुको बिशेष पहलमा उनलाई उद्धार गरि परिवार मिलन गराउन सफल भएको हो।![](https://www.muglanikhabar.com/uploads/editor/2024-02-14/003429630received_1791697244591857.jpeg)
रोल्पाली सेवा समाजका केन्द्रीय अध्यक्ष डिलाराम वलीको सभा अध्यक्षता, घोराही उपमहानगरपालिका वडा नं १९ का वडा अध्यक्ष ज्ञान बहादुर रायमाझीको प्रमुख आतिथ्यता तथा समाजका केन्द्रीय सल्लाहकार कैलास रोका मगरको बिशेष आतिथ्यतामा वडा कार्यलयको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरि पिडित मगरलाई छोरा तथा परिवारका साथ मिलन गराएको हो।उक्त कार्यक्रममा रोल्पाली सेवा समाज दाङ शाखा अध्यक्ष ओम प्रकाश खड्का,कतार शाखा महासचिव शोभाराम वली,पोर्चुगल शाखाका महासचिव खुम बहादुर वली,केन्द्रिय सदस्यहरु जगुमती बुढा,सुनकुमारी घर्ती,ओमकुमारी पुन,केन्द्रिय कोषाध्यक्ष निसान वली, लगायत वडा सदस्यहरु हुकुमी घर्ती खड्क घर्ती, बिद्यार्थी भाईबहिनीहरु लगायतको उपस्थिति रहेको थियो।![](https://www.muglanikhabar.com/uploads/editor/2024-02-14/003449856received_3756052414607807.jpeg)
वडा सचिब भिम बहादुर केसीद्वारा सहजीकरण गरिएको कार्यक्रममा परिवार मिलन पश्चात् केन्द्रीय सल्लाहकार तथा बिशेष अतिथी कैलाश रोकाले रोल्पाली सेवा समाजले गरेको कार्य सह्रानीय भएको बताउदै आगामी दिनहरुमा अझै सशक्त बन्दै जानुपर्ने बताउनुभएको थियो।त्यसैगरी प्रमुख अतिथि तथा वडा अध्यक्ष ज्ञान बहादुर रायमाझीले बन्धक बनाइएकी पिडित महिला केशरीलाई उद्धार कार्यमा लागि नेपाल सम्म ल्याई पुर्याउन अहम भुमिका निर्वाह गर्नु भएकोमा रोल्पाली समाज लगायत सम्पुर्ण टिमलाई धन्यबाद ब्यक्त गर्दै बैदेशिक रोजगारीमा जाँदा कसैको प्रलोभनमा परेर नभई सरकारले तोकेको मापदण्ड भित्र रहेर मात्र जानुपर्ने सुझाव दिनु भएको थियो।
कार्यक्रमको अन्त्यमा सभा अध्यक्ष तथा समाजका अध्यक्ष डिलाराम वलीले अत्यन्तै कठिनाइका बाबजुद पनि समाजको पहलमा उद्धार गरिएका विभिन्न उदाहरहरु दिदै दलालहरूबाट बच्नुपर्नेमा जोड दिनुभएको थियो।दलालहरुले विभिन्न प्रलोभन देखाएर गरिब, बिपन्न,एकल महिला,पारपाचुके महिलाहरुलाई टार्गेटमा पारी अबैधानिक बाटो मार्फत विभिन्न देशमा लगेर बेच्ने गरेको समेत बताउनु भएको थियो भने उद्धार कार्यमा मनैदेखि सहयोग गर्नु हुने परोपकारी समाज कुवेतका संस्थापक धीरेन्द्र सुवेदी, पि एन सी सी,नेपाली दूतावास कुवेत,वडा परिवार लगायत सम्पुर्णमा धन्यवाद ब्यक्त गर्नुभएको थियो।