काठमाण्डौ,२४ चैत्र । गोकर्णेश्वर नगरपालिका वडा नं ३ को सार्बजनिक सुनुवाई कार्यक्रम वडा कार्यलयको प्राङ्गणमा सम्पन्न भएको छ।
वडा सदस्य बुद्धि बहादुर श्रेष्ठद्वारा स्वागत मन्तब्य राखिएको थियो।सार्बजनिक ,सुशासन ,जवाफदेहिता र समृद्धिका लागि सवाल जवाफ सहित आर्थिक वर्ष २०८०/८१ को सार्बजनिक सुनुवाई कार्यक्रम भएको हो।वडा नं ३ वडा कार्यलयको आयोजना तथा सामुदायिक प्रहरी बृत्त जोरपाटीको साझेदार अन्तर्गत सामुदायिक सेवा केन्द्र जोरपाटी,सामुदायिक प्रहरी जोरपाटी,प्रहरी बृत्त बौद्ध र ट्राफिक बृत्त बौद्धको संयुक्त आयोजनामा भएको सार्बजनिक सुनुवाई कार्यक्रम गोकर्णेश्वर वडा नं ३ का वडा अध्यक्ष मुरारी प्रसाद कुईकेलको सभा अध्यक्षतामा भएको थियो।
कार्यक्रमको प्रमुख अतिथी प्रहरी बृत्त बौद्धका प्रमुख राजु पाण्डे,वडा सदस्यहरू सचिन लामा,बुद्धि बहादुर श्रेष्ठ,प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी,युवा तथा खेलकुद शाखा प्रमुख डण्डपाणि शर्मा,पशु बिकास शाखा प्रमुख सन्तोष भन्डारी, वडा नं ६ का वडा अध्यक्ष नवराज लामा,वडा सचिव रेणुका भट्टराई लगायत स्थानिय दाजुभाई तथा दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमका तस्बिरहरु हेर्न यो लिंकमा क्लिक गर्नुहोला ![](https://www.muglanikhabar.com/uploads/editor/2024-04-06/04072083232.jpg)
फ्लोरबाट उठेका समसामयिक विषयहरुलाई नेपाल प्रहरीको भुमिका र जनताको शान्ती सुरक्षा अमनचैनका बारेमा प्रहरी वृत्तका प्रमुख राजु पान्डे,ट्राफिक सम्बन्धि उठेका प्रश्नहरुको ट्राफिक प्रहरी वृत्तका प्रमुख लेखनाथ मैनाली र वडाका बिकास, भौतिक पुर्वाधार निर्माण, प्रशासनिक कामकाज लगायत जनताका आधारभुत आवश्यकताका बिषयमा उठेका प्रश्न चासो गुनासोका बारेमा सभा अध्यक्ष तथा वडा अध्यक्ष मुरारी प्रसाद कुइँकेलले स्पष्ट पार्नुभएको थियो।![](https://www.muglanikhabar.com/uploads/editor/2024-04-06/04075833833.jpg)