काठमाडौं, नीजि तथा आवासीय विधालय संगठन काठमाडौं ( प्याब्सक) द्वारा गुरु पूर्णिमाको अवसरमा गुरु पूर्णिमा तथा शिक्षक सम्मान कार्यक्रम २०८२ चाबहिल स्थित स्मार्ट पार्टी प्यालेसको सभाहलमा भव्यताका साथ सम्पन्न गरेको छ।
नीजि तता आवासीय विधालय संगठन काठमाडौं( प्याब्सक) का अध्यक्ष राजन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी नेपाली दुतावास अस्ट्रेलियाका पुर्व राजदुत तथा सार्वजनिक सेवा आयोग नेपालका अध्यक्ष महेश राज दहाल रहेका थिए। त्यसैगरी अन्य अतिथिहरुमा प्याबसकका संस्थापक तथा सल्लाहकार केदार राज पुडासैनी,प्रमुख सल्लाहकार तथा मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामा, प्याब्सक सल्लाहकार बिष्णु पराजुली,नारायण तिमल्सिना लगायत विभिन्न विधालय तथा कलेजका प्रमुखहरु, प्याबसकका सल्लाहकारहरू,विभिन्न विधालयका शिक्षक तथा शिक्षिकाहरु,विभिन्न स्थानिय तहका जनप्रतिनिधिहरु,बिभिन्न बौद्धिक व्यक्तित्वहरु लगायत शिक्षक शिक्षिकाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा स्वागत मन्तब्य तथा कार्यक्रमको औचित्य बारेमा स्पष्ट पार्दै कार्यक्रमका सभापती तथा प्याब्सकका अध्यक्ष राजन श्रेष्ठले विश्वमा नवीन प्रविधिमुलक तथा एआई जस्ता बहु चर्चित टेक्नोलोजीले अब शिक्षक मात्र होईन बिभिन्न क्षेत्रमा कार्यरत रहेका मान्छेहरुलाई समेत बिस्तापित गर्ने चुनौती थपिएको छ।जसको लागि शिक्षकहरु पनि अपडेट हुन अत्यावश्यक भएको बताउनुभएको थियो।त्यसैगरी यो सम्मानले अझै सम्मानित शिक्षक तथा शिक्षिकाहरुले यसैलाई प्रयाप्त नठानी अझै सम्बन्धित विधालयलाई गुणस्तर बृद्धिका लागि थप जिम्मेवारी सहित काम गर्नुहुनेछ भन्ने बिश्वास लिएको समेत बताउनु भएको थियो।
त्यसैगरी प्याबसकका प्रमुख सल्लाहकार गेन्द्र लामाले आफ्नो शुभकामना मन्तब्य राख्दै हामी शिक्षकहरु अपडेट हुन जरुरी रहेको बताउदै विधालय भित्र पढाइ हुने कोर्सहरू च्याप्टर र टाईटलका बारेमा अलि टाठाबाठा विद्यार्थीहरुले पहिले नै जानिसकेका हुन्छन त्यसकारण त्यो कोर्स र च्याप्टर सम्बन्धित नजिक र समय सापेक्ष रुपमा परिवर्तन हुन सकेनौ भने हामी आउटडेटेड शिक्षक हुनेछौ उहाँले भन्नू भयो।साथै यस गुरुपूर्णिमाको अवसरबाट अपडेट हुन सक्नुहोस् भन्ने शुभकामना समेत ब्यक्त गर्नु भएको थियो।त्यसैगरी अन्य वक्ताहरुले आफ्ना शुभकामना मन्तब्य राख्दै अहिलेको विश्व परिस्थिति, टेक्नोलोजी, समय सापेक्ष रुपमा शिक्षकहरु पनि परिमार्जित हुन नसके निकट भविष्यमा शिक्षकहरुको पनि अस्तित्व समाप्त हुने सम्भावना रहेको बताउनुभएको थियो।शिक्षकहरु शिक्षण पेशामा आवद्ध भैसकेपछि थप पढ्नुपर्ने जानकारी दिदै आफ्ना अनुभवहरु, संघर्ष र सफलताको बारेमा समेत चर्चा गरेका थिए।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथी महेश राज दहालले शिक्षकको भुमिका,महत्व र गुरुको परिभाषाको चर्चा गर्दै अँधेरो बाट उज्यालो तर्फ उन्मुख बनाउने व्यक्ति नै गुरु भएको बताउदै गुरुले शिक्षा मात्र होईन आदर्श,संस्कार संस्कृति समेत दिने बताउनुभएको थियो।उहाँले सम्मान कर्मको फल भएको बताउनु हुँदै सम्मान देख्दा सानो र हल्का भएपनि सम्मानको माला गलामा लगाएर सम्मान पत्र सहित स्टेजबाट तल झर्दै गर्दा क्विन्टल भन्दा गह्रुङ्गो हुन्छ त्यो गह्रुङ्ङो आस्था र जिम्मेवारीले हो त्यो बहन गर्नु पर्नेमा जोड दिनुभएको थियो।उहाँले कार्यक्रममा विभिन्न सकारात्मक उत्प्रेरक कुरा राख्दै विश्वमा अनौठा उपलब्धीहरुको समेत चर्चा गर्दै कार्यक्रमको आयोजक टिम लगायत सम्पुर्णमा धन्यबाद ब्यक्त गर्नु भएको थियो।
प्याबसकका महासचिव सुदिप काफ्ले द्वारा संचालित औपचारिक कार्यक्रममा करिब २३ वटा विधालयका उत्कृष्ट शिक्षक तथा शिक्षिकाहरु सम्मानित भएका छन।कार्यक्रममा सम्मानित हुने शिक्षक शिक्षिकाहरुलाई सम्बन्धित विधालयले उनको कार्यगत क्षमता, सिकाइमा बौद्धिकता लगायत विभिन्न कुराहरुहरुको मुल्यांकन गरि सम्मानका लागि सिफारिस गरेको हो।जसअनुसार सम्मानित हुनेहरुमा प्रीन्सटन एकेडेमी बुढानिलकण्ठ- स्वस्तिका सापकोटा,प्रोग्रेसिभ हाइस्कुल कामनपा ६ बौद्ध- सुवाश पराजुली, त्रिनेत्र बिधा निकेतन - बिशाका श्रेष्ठ,तिरुपती बोर्डिङ हाईस्कुल- मनिषा कार्की,सगरमाथा एजुकेसन एकेडेमी -चण्डिका चालिसे,कान्तिपुर एकेडेमी हाइस्कुल - कमल राज सुनुवार,पुष्पलाल मेमोरियल स्कुल- निर्मला खतिवडा,काठमाडौं विधालय - योगेन्द्र कलेल,आकाश गंगा इन्टरनेसनल एकेडेमी -रिन्छेन शेर्पा,साइप्रस एकेडेमी -दिजेन्द तामाङ,प्रस्फुटन इन्टरनेसनल एकेडेमी - प्रमिला कुमारी पन्त,वेदब्यास विधाश्रम बोर्डिङ स्कुल बुनपा- स्वस्तिका कटुवाल,माउन्ट कैलाश स्कुल- भुवन खनाल,लड्स लाईट एकेडेमी गोकर्णेश्वर ६, बौद्ध- अशोक पोख्रेल ,मनास्लु वर्ल्ड स्कुल - रुपेश जिम्मा,जुगल नवगुरुकुल- सन्तोष श्रेष्ठ ,हाम्रो सनसाईन सेकेन्डरी स्कुल कामनपा ६ सिमलटार- निकेश खड्का,बेल पुष्प स्कुल- बिना बस्नेत,फेरिल्यान्ड इन्टरनेस्नल स्कुल सबिता ढुंगाना पराजुली,शुभकामना स्कुल- शर्मिला तामाङ,काठमाडौं बिधा मन्दिर सुनिता सिंह,ज्ञान चछु स्कुल - रक्षा सिंह र निउ मिलिनियम स्कुल बाट सम्झना श्रेष्ठलाई खादा ओढाई सम्मान पत्र प्रदान गरि सम्मान गरिएको हो। 
स्वागत नृत्य वेदब्यास स्कुलका शिक्षक शिक्षिकाद्वारा प्रस्तुत गरिएको थियो।त्यसैगरी कार्यक्रमलाई थप मनोरञ्जन दिलाउन तथा आफ्नो कला प्रस्तुत गर्न अन्य विद्यालयहरु: प्रीन्स्टन एकेडेमी,पुष्पलाल मेमोरियल स्कुल, ज्ञान चछु स्कुल,आकाश गंगा स्कुल,त्रिनेत्र स्कुल,वेलपुष्प स्कुल लगायतका शिक्षक तथा शिक्षिकाहरुले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए भने ब्यस्त समयका बाबजुद पनि उपस्थित भएर कार्यक्रम सभ्य भब्य रुपमा सफल बनाईदिनुहुने सम्पुर्णमा प्याबसनका सदस्य तथा कार्यक्रम संयोजक किरण खड्काले धन्यवाद ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो।