काठमाडौं, गोकर्णेश्वर नगरपालिका मेयर दिपक रिसालको शैक्षिक क्षेत्रमा अर्को ऐतिहासिक घोषणा संगै PCL नर्सिङ पढ्न इच्छुक स्थानीय छोरीहरुलाई ५०% छुट छात्रबृती दिने घोषणा गरेका छन।
छात्रवृत्ति प्राप्त गर्न आवस्यक कागजात सहित यहि १५ गते भित्र नगरपालिकामा आइपुग्ने गरि दरखास्त पठाउन आग्रह गरेका छन।नेपालीमा एउटा उखान छ, 'कोहि नहुनेको दैव हुन्छ' यहि नेपाली उखानलाई चरितार्थ गर्दै नगर प्रमुख दिपक रिसालले पिसिएल नर्सिङ पढ्ने स्थानिय बासिन्दा छोरीहरूका लागि एउटा असल अभिभावक बनेर उदाएका छन।नगरबासीको शिक्षा र स्वास्थ्यलाई बिशेष महत्वका साथ उत्कृष्ट कार्य गर्दै आएका नगर प्रमुख रिसालले ५०% छात्रवृत्ति दिई छोरीहरुलाई सक्षम र क्षमतावान आत्मनिर्भर बनाउनुका साथै स्वास्थ्य क्षेत्रका उत्कृष्ट जनशक्ति निर्माण गर्न उक्त कार्यक्रम ल्याएका छन् ।अब नगरपालिका भित्रका कुनै पनि छोरीहरु आर्थिक अभावकै कारणले पिसिएल नर्सिङ पढ्न बाट बन्चित नहौउन,जुन सुकै जात धर्म र बर्गका छोरीहरु PCl नर्सिङ पढ्न सकुन भन्ने उदेश्यले उक्त कार्यक्रमको घोषणा गरेको हुन। मेयर रिसालले यसलाई सार्थक बनाउन नगरपालिकाको १५ औं नगरसभा तथा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम अन्तर्गत स्वीकृत 'नगर छोरी नर्सिङ कार्यक्रम` मार्फत सुनिश्चित गरेका छन।
भौतिक पुर्वाधार निर्माण मात्र बिकास नभई आर्थिक समृद्धि र सामाजिक रुपान्तरण गर्नका लागि गुणस्तरिय शिक्षा प्रदान र क्षमतावान जनशक्ति निर्माण हो भन्ने उनको बिश्वास रहेको छ। गोकर्णेश्वरमा बसोबास गर्दै आएका र पिसिएल नर्सिङ पढ्ने छोरीहरुलाई निम्न आवस्यक कागजातहरु:
गोकर्णेश्वर नगरपालिकाको स्थायी बासिन्दा खुल्ने कागजात,
अभिभावकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी,
जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी ,
शैक्षिक प्रमाणपत्रको प्रतिलिपी, CTEVT बाट प्रकाशित योग्यता क्रममा नामावली भएको प्रमाणपत्र
सहित दरखास्त दिन आग्रह गरेका छन।
नगर प्रमुख रिसाल यस्ता ब्यक्ति हुन जसले ७५३ओटै स्थानिय तहमा फरक कार्य गर्दै नगरबासीको शिक्षा, स्वास्थ्य ,खेलकुद,कृषि,पर्यटन,खानेपानी,भौतिक पुर्वाधार बिकास लगायत नगरपालिकालाई समृद्धि बनाउन अहम योगदान पुर्याएकोमा चर्चा संगै फरक पहिचान बनाउन सफल भएका छन।यस नगर छोरी नर्सिङ्ग शिक्षा कार्यक्रमले दर्जनौ छोरीहरु लाभान्वित हुनुका साथै नगर प्रमुख रिसालको थप चर्चा बढेको छ। जारी सुचना सहित: