मुग्लानी खबर९ साउन

हरेक नेपालीको दुख सुखमा साथ दिदै आएको नेपाल प्रवासी तामाङ समाज कतार र म्हेन्दोमाया समाज कतारका सदस्यहरुले फेरि संयुक्त रुपमा बाढी पिडित र ब्लड क्यान्सर पिडितलाई मल्हम पट्टी लगाएका छन ।
बाढी तथा ब्लड क्यान्सर पिडितको सहयोगार्थको लागि विभिन्न ब्यक्तिहरुको सम्योजकत्वमा जम्मा संकलित रकम कतारी रियल ३६१९/- भएको थियो। जस अनुसार नेपाल प्रबासी तामाङ समाज कतार र म्हेन्दोमाया समाज कतारले सम्युक्त रुपमा संकलन गरेको कतारी रियाल २,४५९ /- भएको थियो। त्यसै गरि कतारको दफ्नाबाट अस्मिता घिसिङको संयोजकत्वमा कतारी रियल-६१०/-, अल रयानबाट बिमला तामाङ र राधिका परियारको संयोजकत्वमा कतारी रियाल ५५०/- गरि जम्मा कतारी रियल ३,६१९ /- भएको थियो। उक्त सन्कलित रकम आधा आधा गरि बाढि पिडित र क्यान्सर पिडितलाई दुबै जनालाई बराबरी प्रति ब्यक्ती १८०९.५ कतारी रियाल सहयोग गरिएको छ।
नेपाल प्रबासी तामाङ समाज कतारका बिनोद गोले तामाङले बाढी पिडितको नाममा प्राप्त रकम कतारी रियाल १,८०९.५० मा क.रि. ३१.५० थपी जम्मा कतारी रियल १,८४१/- ( क.रि. अठार सय एक चालीस ) बनाएर बाढी पीडित सन्तोश गोले तामाङलाई हस्तान्तरण गरिदिनको लागि नेपाली रुपैया ५४,४७१/-( रु.चवन्न हजार चार सय एकहक्तर) नेपालमा रहेकी डोल्मा छिरिङ मनाङ्थेन तामाङको नाममा पठाईसकेको जानकारी गराउदै हातमा हात साथमा साथ दिनु हुने सम्पुर्ण सहयोगी मन र दाताहरुलाई मुरिमुरी धन्यबाद ब्यक्त गरेका छन।

नेपाल प्रवासी तामाङ समाज कतार र म्हेन्दो माया समाज कतारले संयुक्तरुमा संकलनमा ब्यक्तिगत रुपमा ब्लड क्यान्सर पिडितको लागि किस्पाङ गाउपालिका ३ डावाचेतका चन्द्र वाइबा तामाङबाट आफु कार्यरत कम्पनीका साथीहरुबाट संकलन रकम नेपाली रुपैया ४०,१०३ म्यगङ गाउपालिका-२ बुङताङ बर्चेतका चित्र लोप्चन तामाङबाट नेपाली रुपैया १०,५४५,दाङका केशव बुढा मगरबाट नेपाली रुपैया १६५७ किस्पाङ गाउपालिका-३ का गङगा राम सोनाम तामाङबाट नेपाली रुपैया १८०७ गरि जम्मा कुल रकम रू.१,०९,६६०/- (एक लाख नौ हजार छ सय साठी मात्र) संयुक्तरुपमा उपस्थित समाजका प्रतिनिधिहरुले बिगत केहि समय देखि रगत क्यान्सर रोगबाट पिडित नुवाकोट किस्पाङ गाउपालिका-१,भाल्चे निवासी सुनिल घलेलाई रकम हस्तान्तरण गरेका छन ।

नेपाल प्रबासी तामाङ समाज कतार र म्हेन्दोमाया समाज कतारद्वारा आर्थिक सहयोग गरिएको उक्त रकम नेपालमा समाजका प्रथम उपाध्यक्ष तेज मोक्तान तामाङको नेतृत्वमा निवर्तमान अध्यक्ष तथा वर्तमान अन्तराष्ट्रिय समन्वय विभाग संयोजक शंखलाल तामाङ, निवर्तमान विशेष सल्लहाकार कुमार मोक्तान तामाङ,निवर्तमान महासचिव इन्द्र तामाङ निवर्तमान महासचिव कमल योञ्जन तामाङ र निवर्तमान केन्द्रिय सदस्य गुराँस ग्लान तामाङको टिम तामाङ आवाजको टोलि विरामीलाई उपचार्थ राखिएको ईसान अस्पतामै पुगी रकम हस्तान्तरण गरिएको हो।