कमल, झापा
“लिम्बू भेषभूषा, भाषा, लिपि, कला तथा संस्कार–संस्कृतिको संरक्षण एवं संवर्द्धन गरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको याक्थुङ लिम्बू समुदायको साझा संस्था किराँत याक्थुङ चुम्लुङ अन्तर्गत कमल गाउँ कार्यसमितिको निर्देशनअनुसार वडा समितिहरूको अधिवेशन सञ्चालन गर्ने क्रममा किराँत याक्थुङ चुम्लुङ कमल–४ को अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।
मिति २०८३ साल जेठ ३ गते कमल–४ स्थित सिरिजङ्गा टोल विकास संस्था परिसरको श्रीजङ्गा चोकमा आयोजित अधिवेशन भीम लावतीको अध्यक्षता तथा किराँत याक्थुङ चुम्लुङ कमल गाउँ समितिका अध्यक्ष दिवस लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
अधिवेशनले सर्वसम्मत रूपमा प्रलाद खेवालाई पुनः अध्यक्षमा चयन गरेको छ। हाल हङकङमा रहेका खेवा दोस्रो कार्यकालका लागि अध्यक्षमा दोहोरिएका हुन्।
नवनिर्वाचित कार्यसमितिमा:
उपाध्यक्ष: मनोज खेवा
सचिव: गंगाप्रसाद लावती
सहसचिव: इन्द्रबहादुर लिम्बू
कोषाध्यक्ष: रमेश कुमार फ्याक
सदस्यहरू: विष्णु आङदेम्बे, पूर्ण लिम्बू र तारा वनेम
त्यसैगरी बी.बी. खेवालाई सल्लाहकार तथा संस्कार, संस्कृति र कला संरक्षण संयोजकको जिम्मेवारी प्रदान गरिएको छ।
अधिवेशनका अवसरमा दमक निवासी तथा हाल हङकङलाई कर्मथलो बनाउँदै आएका सफल व्यवसायी एवं चलचित्रकर्मी विष्णु थेवेका सुपुत्र क्रिस थेवेले आफ्नी स्वर्गीय आमा मोना चेम्जोङ थेवे (मोना अक्षयकोष) को स्मृतिमा रु. २० हजार किराँत याक्थुङ चुम्लुङ कमल–४ लाई हस्तान्तरण गरेका छन्।
त्यसैगरी पुनः अध्यक्षमा निर्वाचित प्रलाद खेवाले संस्थालाई करिब रु. ३५ हजार बराबरको साउन्ड सिस्टम सहयोग प्रदान गरेका छन्।
संस्थालाई महत्वपूर्ण योगदान पुर्याएको भन्दै मोना चेम्जोङ थेवे अक्षयकोषका संस्थापक विष्णु थेवे तथा क्रिस थेवेलाई सम्मान गरिएको थियो। उनीहरूलाई किराँत याक्थुङ चुम्लुङ कमल गाउँ समितिका अध्यक्ष दिवस लिम्बू, भीम लावती तथा प्रलाद खेवाले सम्मानपत्र र खादा ओढाएर सम्मान गरेका थिए।
कार्यक्रममा याक्थुङ युवा मञ्चका केन्द्रीय सदस्य वसन्तराज सुब्बा, पालिका तथा वडा तहका पदाधिकारीहरू, समाजसेवी सरिता आङबुहाङ थेवे लगायत विभिन्न क्षेत्रका व्यक्तित्व तथा याक्थुङ कलाकारहरूको उपस्थिति रहेको थियो।
शुक्र लावतीद्वारा सञ्चालित कार्यक्रममा अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको समापनअघि सांस्कृतिक प्रस्तुति स्वरूप च्याब्रुङ नृत्य प्रस्तुत गरिएको थियो। अन्त्यमा सभाध्यक्ष भीम लावतीले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए।