मुग्लानी खबर- ११ जेष्ठ
नेपाल कम्युनिस्ट पार्टीको बहुमतिय सरकार भैइसकेको १५ महिना बितिसक्दा देशमा लोकतन्त्र, मानव अधिकार,रास्ट्रीयता र शुसासन, चुनौती, संरक्षण र सबलिकरण सम्बन्धी लेखाजोखा तथा बृहत् परामर्श सम्बन्धि कार्यक्रम राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको आयोजनामा हिजो काठमाडौको बानेस्वरमा सम्पन्न भएको छ।
राष्ट्रिय मानव अधिकार प्रतिष्ठान का अध्यक्ष भवानी प्रसाद खरेलको सभापतित्व तथा राष्ट्रिय मानव अधिकार आयोगका पुर्ब अध्यक्ष तथा पुर्ब प्रधान न्यायाधिस अनुप शर्माको प्रमुख आतिथ्यतामा भएको थियो कार्यक्रमको औचित्य र आवस्यकता का बारेमा शान्ती र बिकाशका लागि नागरिक समाजका संयोजक डा. सुन्दरमणी दिक्षितले प्रस्तुत गरेका थिए।त्यसै गरि कार्यपत्रको प्रस्तुति भने सम्बिधान बिद काशीराज दहालले गरेका थिए।
कार्यक्रमको पुर्ब निर्धारित कार्यतालिका अनुसार प्रमुख बक्ताहरुमा पुर्ब उपप्रधानमन्त्री तथा नेकपाका प्रबक्ता नारायण काजी श्रेष्ठ ,नेपाली काग्रेसका प्रबक्ता बिस्व प्रकाश शर्मा, समाजबादी नेपालका सचिब श्रीमती दुर्गा शोव र नेपाल पत्रकार महासङ्घका सभापती गोबिन्द अचार्य लगाएत विभिन्न संघ सस्थाका प्रतिनिधिहरु,मानव अधिकारबादी,बुद्धिजीवी हरुको उपस्थिति रहेको थियो।
पछिल्लो समयका खरो राजनितिक बिश्लेसक का रुपमा परिचित डा. शुरेन्द्र केसीले राज्य शक्ति एक ब्यक्तिमा मात्रै अपारदर्शीपुर्ण तरिकाले केन्द्रित भयो भने निरङ्कुशतामा जान्छ परिणामस्वरूप मुलुक अस्तब्यस्त भइ देशै सङकटमा पर्न जाने चिन्ता व्यक्त गरेका छन । साथै पुर्खाहरुको रगत पसिनाले बनाएको देश माथी खेलवाड गरेर विरासत मा बसि यो मुलुकका जनताले कङ्गोमा गएर नाच्नु पर्ने परिस्थिति शृजना गर्ने अनि सत्तामा बसेर लोकतन्त्रको लिला मच्चाउने अब यो सहज हुदैन हामी मान्दैनौं यसलाइ हामी तोडछौ जस्तोसुकै परिस्थिति आए पनी अघि बढछौ भनी चेतावनी दिएका छन।साथै उनले राइट मेन राइट प्लेसको सिद्धान्तलाइ जोड दिदै भनेका छन।अयोग्यता ले अनास्था आउँछ।अनास्थाले अराजकता आउँछ र अराजकता ले आतंक आजको सरकार ज्वलन्त उदाहरण हो।देशले पुरानो प्रणाली तोडन सफल त भयौ तर दुर्भाग्य नयाँ प्रणाली बनाउन सकेनौं भनी चिन्ता व्यक्त गर्दै सबै एकजुट हुन अनुरोध समेत गरे।
जनताको सम्बिधानले नै सुनिश्चित गरेको प्रेस स्वतन्त्रता माथी लोकतान्त्रिक बिधिमै अंकुश लगाउन निकालिएको बिधयक, अहिलेको सरकारले ल्याएको नागरिक बिधियक लगाएतका विभिन्न मुद्दाहरु भबिस्यमा देशका लागि खतरा हुने र हामिले बेलैमा सतर्क हुनुपर्ने,त्यसैगरी लोकतन्त्र र सम्बिधान,राष्ट्रनिर्माण, रास्ट्रीयता,मानबाधिकार, प्रेस स्वतन्त्रता लगायतका कार्यक्रमका प्रमुख बिषयबस्तु रहेका थिए।
डा. सुन्दरमणि दिक्षितले २३७ बर्षिय शाही शासन नगएको जनताले गणतन्त्रको कुनै महशुस गर्न नसकेको बताएका थिए।उनी थपे राजा ज्ञानेन्द्र मात्र शासन बाट हटेका हुन तर उनिजस्ता सयौ महाराजाहरुको उदय भैइसकेको छ।राजाका पालामा भन्दा कम्ती नभई अझै भड्किलो भएको जनताले झनै शास्ती भोग्नु परेको बताएका थिए उनले उदाहरण दिदै भने रास्ट्रपती को सवारी हुदा सडक मात्र होईन आकाश बन्द गरी उडानमा समेत अबरुद्ध हुदा जनताले शास्ती भोग्नु परेको ज्वलन्त उदाहरण हाम्रै आँखा अगाडी रहेको बताए।२०६२/६३ को जनाअन्दोलन केका लागि र कस्को लागि भएको थियो के त्यो अनुरुप मुलुक उन्मुख छ त भन्ने प्रश्न समेत गरेका थिए।
कार्यक्रमको अन्त्यमा विभिन्न ब्यक्तित्वहरुले सोधेका प्रश्नका जवाफ दिदै नारायणकाजी श्रेष्ठले स्पष्ट पारेका थिए जसानुसार पछिल्लो समयमा अत्यन्तै बिबादित र बिचाराधिन रहेका बिधेयकहरुमा मिडिया काउन्सिल विधेक ,नागरिकता विधेयक यथास्थितिमा पारित नहुने बताएका छन भने मानवअधिकार विधेयक सच्याएर अघि बढ्ने बताएका हुन।देशका विभिन्न क्षेत्रमा प्रहरीद्वारा गरिएका इन्काउन्टरलाई फेक इन्काउटर भयो भन्ने प्रश्नमा यो सहि नभएको जिकिर गरे यदि फेक इन्काउटर भएको हो भने यसलाई गम्भीरता पुर्वक लिन्छौं र लिएका छौ यस्ता खालका प्रक्रियालाई रोक्न उचित कदम चाल्नेमा आश्वासन दिएको रास्ट्रीय मानब अधिकार परिषद सदस्य दिलमाया तामाङ रानाले मुग्लानी खबरलाई बताएकी छिन। कार्यक्रमको सहजीकरण राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका महासचिब हरिचन्द्र भट्टराईले गरेका थिए।