मुग्लानी खबर- १९ चैत्र बुधबार
नेपाली दाजु भाइदिदी वहीनीहरूलाइ कोरना भाइरससंग सुरक्षीत रहन श्री पशुपतिनाथ शिववावा, वुध्द, अल्ला तथा सवै इश्वर इश्वरीका आशिर्वाद र रक्षा कवज प्राप्त होस ।
क . अझै गर,
ख. गर तथा
ग. सक्छौ जन्मभूमी प्रति भएका भूल सुधार गर्न र त्याग गर्न ?
यो प्रश्न सम्वन्धितलाई हो ।
बिश्वको राजनीति शुन्य अवस्थामा छ । यसमा फरक मत हुन सक्ला, तर जन्मभूमिको एक मुठी माटो लिएर छातीमा राखी निर्णय लिने वेला आएको सायदै दुईमत होला । मुलतः राजनैतिक नेतृत्वहरूको त्याग र मिहनतको ठूलो अर्थ रहन्छ । सरकारको सोचको दायरा फराकिलो हुनुपर्छ । एक जनाको हीतका लागि संविधान संशोधनको हुने र गर्ने सरकार र नेताहरूले देश र नागरिकका हक हीतलाइ लत्याउंदै खेल वाड गर्नु र जनतालाई दुखका समयमा पनि भुलाउने मात्र गर्नु अपराध हो । देशको राजनितिक अबस्था र सामाजिक अबस्थालाई अध्यन गर्दा राजसंस्था सहितको नागरिक सरकार अबको विकल्प हो कि ?
आफु वाचेर वचाउनु पर्ने सन्दर्भमा परिस्थितिजन्य एकता, साथ समर्थन र सहभागिताका शैली उपयोग हुनु स्वभाविक हुन्छ । अर्को शव्दमा राजनीति र युध्दमा स्थायी साथी र स्थायी शत्रु हुदैन भन्ने अवधारणा स्मरण योग्य छ ।
देशको विषम प्रस्थितिले लुटपाट,धोका र षडयन्त्र बढ्ने अवस्था आउदैछ । मानव सभ्यता, र मानवतालाई समेत चूनौति रहेको अत्यन्तै दुःखद र संम्वेदनशील अवस्थामा नागरिकको जिउज्यानको सुरक्षाको प्रश्न वर्तमान सरकारवाट भएका स्वास्थ्य सुरक्षा, परिक्षण र सामान्य रोकथामका लागि भएका सबै कार्य, खरिद तथा ढुवानीमा लाजै लाग्दोढंगवाट भएका गतिविधिका जिम्मेवार व्यक्ति तथा समूहलाई ईतिहासले माफि दिने छैन ।
ब्यक्ति हीतका लागि संविधान सशोधनको आँट गर्नु देश र नागरिकका हक हीतमा खेलवाड गर्नु हो । देशको राजनितिक र सामाजिक अबस्थालाई अध्ययन गर्दा राजसंस्था सहितको नागरिक सरकार अबको विकल्प हो कि ?
अव केही दिन वाटै हाम्रा घर गांउको जनजिवन र दिनचर्या अझै कष्टकर र चूनौतिपूर्ण हुनेछ । देशमा विना अध्ययन र आवश्यकताबिना लादिएको सेतो हात्तिरुपी संघीयताले देशको खर्च भारको मार देशको अर्थतन्त्रले धान्न ज्यादै कठिन हुने र श्रृंखलावध्द समस्याहरु ल्याउने निश्चिछ छ । अहिलेदेखी नै सरकारले विभिन्न विधाका विज्ञहरुवाट नेपालको माटो सुहाउदो प्रणाली र प्रवन्धको लागि पहल कदमहरु लिनु औचित्य पूर्ण हुनेछ ।
कोराना माहामारीले मानव समाजमा हरेक पक्षमा (सामाजिक मनोविज्ञान, आथिक, कुटनीतिक र राजनीतिक) प्रभाव र असर ल्याउने पक्का छ । देशको आ-आफ्नो तयारी र प्रयासले तत्कालको राहत तथा राज्य संचालन र व्यवस्थान गर्दै पुर्ननिर्माण र विकासमा रणनैतिक रुपमा अल्पकाल र दीर्घकालका योजना, परियोजना र कार्यक्रमहरु तर्जुमा गरिनुपर्छ ।
देशको सरकार देशको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वाधीनता, राष्ट्रिय साधन र सम्भावनाहरुको जगेर्णा गर्दै राष्ट्र, राष्ट्रियता र राष्ट्रवासीहरुको सुरक्षा र संरक्षण गर्नमा केन्द्रित रहनु पर्ने छ । छिमेकी तथा अन्तर्राष्ट्रिय सम्वन्ध, समन्वय र आपसी समझदारी कायम गर्नमा अव चीनको अघि सारिएको वीआरआई तथा अमेरिकाको ईण्डोप्यासिफीक अवधारणा पनि नंया सिरावाट वढ्ने एवं विश्वको व्यापारले शक्ति केन्द्रहरुको विगतको सन्तुलन विन्दु र सम्वन्धहरु पनि परिवर्तन हुने देखिन्छ । नेपालजस्ता देशले नौलोआर्थिक युध्दको सामना गर्नु पर्ने छ ।
क. अझै गरः
१.स्वास्थ्यकर्मीहरू, सुरक्षाकर्मी तथा यातायात आदि समान ढुवानीमा लागेकाहरूको सुरक्षा र हौशला वढाउ । गुणस्तरीय परिक्षण र रोकथामका उपकरण , समाग्रीहरू उपलव्ध गराउ ।
२. हिमाल पहाडर तराइका सवै चूल्होमा न्यूनतम खाना पाक्ने व्यवस्था गर ।
३. लुटपाट, हत्या एवं विद्रोहका अवस्था नआवस सजग रहु ।
४. भारत संगको सिमानामा हाल भइ रहेका गतिविधि दुवै देशका हीतमा छैनन । सीमामा लक डाउन अझै कायम गरिनु पर्ने छ । साथै परिक्षण र चेक जाच क्षमता वढाउनु पर्ने छ । भारत तथा नेपाल सरकारले दीर्घ सोच राखी समस्या समाधान उन्मुख होउ, सिमा नियमन गर, पछि पछुताउनु नपरोस।
ख. गर
१. व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका अन्तरगतका अनुत्पादक सिट संख्या, पद हरूको पुनर्मूल्याकन गर ताकी वुइर्न वुइर्न –WIN-WIN को अवस्था अनुभूति होस ।
२.सवैको समर्थन सहितको राष्ट्रिय महत्व र प्राथमिकताको राष्ट्रिय दस्तावेज वनाउ ।
३. देशको साधसिमा जोडिएका छिमेकी भारत र चीनसंगको असंलग्न परराष्ट्र नीतिलाई भौगोलिक तथा संस्कृतिक समदूरीमा आधारमा तयार गर ।
४. वैदशीक प्रविधि र लगानीलाई देशको हीतलाई केन्द्र विन्दु वनाई उपयोगको रणनीति र सम्वन्ध अपनाउ ।
५.न्यायालय तथा संवैधानिक निकायमा विश्वास र आस्था वढाउ । योग्यलाइ छनौट गर दलका क्याडर लाइ हाेइन ।
६. अन्तर्राष्ट्रिय उडान र दक्षीण सिमामा आवगमन पुनःआरम्भ गर्नु भन्दा अघि विमानस्थलमा अहिलेको भन्दा भरपर्दो गुणस्तरीय परिक्षण, तथा रोकथामको स्तर वृध्दी गराउ ।
७. राष्ट्रसवेक सेना र प्रहरी नेपालका हुन अरू सेवा संग तुलना नगर, मनोवल उच्चराख, व्यावशायिक वनाउ ।
८. बाह्य शक्तिहरुको रणनैतिक चालबाट देश बचाउको रणनीति बनाउन ।
ग. सक्छौ जन्मभूमी प्रति भएका भूल सुधार गर त्याग गर्न सकौ ।
१.संविधान वन्दा रातारात दुई चारजना वसेर घुसाएका संघीयता, धर्म निरपक्षता हटाउ र नेपाली एकताको प्रतिक राजसंस्था पुर्नस्थापना गर ।
२. पुरानो ५ विकासक्षेत्र र ७५ जिल्ला कायम गर ।
३. प्राध्यापन र शिक्षक पेशालाइ देशको गरीमामय सेवामा वदल्न । मान सम्मान र सुविधा सोही वमोजिम तय गर ताकी अव्वल व्यक्तिहरू आकृष्ट हुन। यसका लागि उच्च आयोग गराइ विध्यमान स्तर को मूल्याकंन गरी राख्ने र हटाउने कार्यक्रम पनि लागू गर ।
४. हालसम्मका अकुत भष्ट्राचार र ठूला तस्करहरूका सम्पत्ति जफत गरी राष्ट्र र नागरिकका जीवन उत्थानमा लगाउ ।
५. युवा पलाएन नहुने अवस्था र अवसर देउ र वाझो रहेका जमिनमा उत्पादनमा हौशला वढाउ ।
कोरना आतंकको व्यवस्थापन पनि एक युध्दको संचालन र मुकावला गरे जस्तै हो । विषम अवस्थामा राज्यका हरेक कदम आवश्यक, मितव्ययी र असरदार हुनु पर्दछ भन्ने मान्नेतामा आधारित हुदा लाभदायक हुन्छ । " आवश्यकता घटाऔ, समस्या समाधान गरौ गराऔ " भन्ने अवधारणा मूल मन्त्र हुनेछ । अहिले देखीनै अवलम्वन गर्दै जानु वुध्दिमत्तापूर्ण हुनेमा म विश्वास राख्दछु । देशमा मूल्यहीन राजनीति, वाह्रय हस्तक्षेप र अनुत्तरदायी नेतृत्वका कारण देश हरेक दृष्टिकोणवाट असफल हुदैआएको छ । कमजोर व्यवस्थापन, कुशासन तथा मूल्यहीन राजनीतिका कारण नेपाली नागरिकहरू रोगर भोग र अन्य अतंकले अकाल नमरून । देशको माटो र संस्कार सुहाउदो विकल्प भनेको राजसंस्था सहितको नागरिक सरकार हुन सक्ने छ । यसमा फरक मत हुन सक्ला, तर जन्मभूमिको एक मुठी माटो लिएर छातीमा राखी निर्णय लिने वेला आएको सायदै दुईमत होला । नेपालमा प्रशस्त सम्भावनाहरू छन, जुटौ मन वचन र कर्मले नेपाल र नेपाली वचाउन र वनाउन। अस्तु !
नोट-: लेखक डा. ठाकुर मोहन श्रेष्ठ सशस्त्र प्रहरी बलका पुर्व ए.आई.जि हुन।।