मुग्लानी खबर-२१ चैत्र शुक्रबार
अङ्ग्रेजले बिश्वमा आफ्नो सामराज्य कायम गर्दै हैकम जमाई रहेको समयमा समेत यस धर्तिमा पृथ्वीनारायण शाहले अङ्ग्रेजलाई छिर्न दिएनन् र यस राष्ट्रलाई सुरक्षित राख्न सफल भए ।
नेपाल राष्ट्रको राजनितीक, सामाजिक, सास्कृतिक, दैविक तागतका सामु घुँडा टेकेका बिश्वका सामराज्यवादिले सयौं बर्ष मेहनत गर्दै- यही देशभित्र जन्मिएका आफ्ना दलालहरु तयार गर्दै नेपाल राष्ट्र र नेपाली जनतालाई एकैसाथ समाप्त पार्ने योजना समेत बनाए तर सफल हुन् सकेनन् ।
हाम्रा धर्म सस्कृती,सभ्यता,हाम्रा धर्म ग्रन्थहरु बिकशित विश्व बिज्ञानका आधार हुन् । हामी बिचारका हिसावले हिजो पनि धनी थियौं र आज पनि धनिछौं । हामिलाई कमजोर बनाउने बिदेशिका बिचार बोक्ने नालायक खेतालाहरु हुन् । तिनिहरुले नेपाली जनतालाई फकाउँदै नराम्रो संग झुक्काए ।
कोरोना भाईरसका कारण अब विश्व अर्थतन्त्र ओरालो लाग्नेछ र बिश्वमा भोकमरिको माहामारी सृजना हुने खतरा देखिन थालेकोछ । यतिबेला हामी कोरोनाको आतंकबाट मात्र बाँच्ने प्रयास गरिरहेकाछौं तर भोकमरिका कारण भोलि आउन सक्ने अकल्पनीय पिडालाई आत्मसाथ गर्न सकिरहेका छैनौं । सबैलाई हेक्का रहोस् भोकमरिको पिडाले कोरोनाको पीडा सामान्य रहेछ भन्ने आभाष गराउने समय आउन सक्छ ।
हामी बिचारका हिसावले हिजो पनि धनी थियौं र आज पनि धनि छौं !!हामिलाई कमजोर बनाउन बिदेशिका बिचार बोक्ने नालायक खेतालाहरु हुन् !!
|
नेपाली नआत्तिनुहोस ।
किन कि मैले माथी नै भने- हामी जन्मिदै गरिव होईनौं पछि बनाईएकाहौं । हामी संग हामी बाँच्न सक्ने सयौं उपाए र बलिया आधार छन् । जस्तो पुर्खाहरुले आर्जन गरिदिएको हामी संग उर्बर जमिन छ- पानीछ- जंगल पनि बाँकिछ- जडिबुडिछन- महत्वपूर्ण त हामी संग काम गर्न सक्ने बलिया पाखुरा भएका नेपाली जनता छन् । यति कुरा भएपछी कोरोना पछिको भोकमरिले समेत हामिलाई हल्लाउन सक्ने अबस्था छैन ।
अब के गर्नु पर्छ ?
(१) हाम्रो बाह्य सुरक्षा ब्यवस्था,आन्तरिक सुरक्षा ब्यवस्था र सामाजिक सुरक्षा ब्यवस्था जस्तो सुकै मूल्य चुक्ता गरेर भए पनि बलियो बनाउनुपर्छ ।
(२) नेपालिलाई आत्मनिर्भर बनाउने उदेश्यका साथ नेपालिका दैनिक उपभोग्य खाद्य बस्तुको माग पूरा हुने गरि आन्तरिक उत्पादनमा लगाउनुपर्छ र त्यो उत्पादनले आम नेपालिको जिवनलाई भोकमरिबाट बचाउन सक्ने अनुपातको हुनुपर्छ ।
(३) जनताको स्वास्थ ब्यवस्थालाई सम्पुर्ण रूपमा निशुल्क बनाउनका लागि " जनताको स्वास्थ, जनताकै लगानी" भन्ने नाममा आम नेपालिलाई प्रारम्भिक शिक्षा प्रारम्भ गर्दाका समय देखि नै सामान्य स्वास्थकर्मिको ज्ञान सबैलाई हुने गरि राष्ट्रिय कार्यक्रमको तयारी गर्नुपर्छ ।
(४) हाम्रो शिक्षालाई प्रारम्भिक अबस्था देखि नै वैदिक शिक्षाबाट सुरुवात गरिनुपर्छ र आत्मनिर्भर शिक्षाका रुपमा सम्पुर्ण रुपमा निशुल्क हुने गरि बिस्तार गरिनुपर्छ ।
(५) "राज्य संग जनता र जनता संग राज्य" प्रत्यक्ष रूपमा जोढिने गरि राष्ट्रिय चरित्रका आधारमा राष्ट्र उत्थान र जन उत्थानका कार्यक्रम लागू गर्न सक्नै नैतिक बल भएको ( साशक ) अर्थात राजनितिक नेर्तित्व र राजनेता कसरी पैदा गर्न सकिन्छ भन्ने बारेमा एउटा सानो आकारमा पाठ्यक्रमको निर्माण गर्नुपर्छ ।
नोट:- यो एउटा सामान्य खाका मात्र हो । यस बिषयमा बिज्ञ बिद्धान भनिएकाहरु संग बसेर अन्तिम रुप दिने प्रयास गरिनेछ ।