खेमराज सुवेदी / दोहा : प्रवासी नेपाली मन्च अन्तराष्ट्रिय कमिटीका उपसचिव चानक पोख्रेलले प्रवासी भुजेल समाजको सातौँ अधिवेसनलाई सम्बोधन गर्ने क्रममा यहाँका नेपाली श्रमिक समाजको निम्ति प्राण वायु भएको बताए।
२६ जनवरी २०२४ मा ग्रीन चिल्ली रेस्टुरेण्टको सभाहलमा भएको कार्यक्रममा आफ्नो शुभकामना प्रस्तुत गर्दै उनले " हामी आफ्नो संस्कृति जोगाउन आफ्नो ठाउँबाट लागेका छौँ , यसमा भुजेल समाज कतारले दोहाको नेपाली समाजमा अग्रणी भूमिका खेलेको छ " भने।
आफ्नो मन्तव्यको क्रममा उनले " म २६ वर्ष देखि यो समाज रूपान्तरणको लागि लागेको छु, २६ वर्ष अघी यहाँ नेपाली दूतावास आउनु अगाडी देखि हामीले समाज सेवा गरिरहेका छौँ " भने। यहाँको नेपाली समाज नेपाली श्रमिकहरूको समस्या निराकरणको निम्ति लडिरहेको छ, प्रवासी नेपाली मन्च कतारको अध्यक्ष हुँदा आफू लगातार रूपमा श्रमिक समस्या निराकरण को निम्ति नेपाली दूतावासमा सधै गएको र दूतावास सँग समन्वय गरेर धेरै नेपाली श्रमिकका समस्या समाधान गरेको तर्क उनले प्रस्तुत गरे।
मन्तव्यको क्रममा पोख्रेलले देश नेपाली श्रमिकको रेमिट्यान्सले धाने पनि यसको जस नेपाली श्रमिकले नपाएको गुनासो गरे। " हामी हाम्रै विमान स्थलमा हेपिन्छौँ, अब यो अवस्थाको अन्त्य हामीले गर्ने पर्दछ" उनले भने। "देशको प्रत्येक सुख दुखमा यहाँका श्रमिकले सहभागिता जनाएका छन्, देशलाई तथा समाजलाई जीवन्त बनाउन प्रयासरत छन् यहाँका नेपाली श्रमिक त्यसकारण यहाँका नेपाली श्रमिक समाजका निम्ति अक्सिजन हो" उनले मन्तव्यको क्रममा भने।
प्रवासी नेपाली मन्चका निवर्तमान अध्यक्ष समेत रहेका चानक पोख्रेलले "नेपाली श्रमिकको हक अधिकार सुनिश्चित गर्नको निम्ति, समस्या निराकरणको निम्ति अब यहाँको नेपाली समाजले नेपाल सरकार संघर्ष गर्नु पर्दछ। युरोप तथा अमेरिकामा भएका व्यक्तिले हाम्रो लागि लड्दैनन, हामीले नै हाम्रो अधिकार सुनिश्चित गर्न लड्नु पर्दछ। समाजको निम्ति तपाइँ हामी प्राण वायु हौँ अक्सिजन हौँ, यो भुजेल समाज यहाँको नेपाली समाजको निम्ति प्राण वायु हो " भने। श्रमिक समस्या निराकरणका अभियान्ता चानक पोख्रेल ले "हामीले हाम्रो स्वाधिनतालाई जोगाउन नेपाली बनेर लाग्नुको विकल्प छैन " भन्दै आफ्नो मन्तव्य समापन गरेका थिए।