दोहा, कतार।
कतारमा रहेका बागमती प्रदेशबासीहरूको साझा संस्था बागमती प्रदेश समन्वय परिषद् कतार को हालै सम्पन्न अधिवेशनले धादिङ निवासी कविन्द्र कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ।
संस्थाका अध्यक्ष ललित तामाङको सभापतित्वमा सम्पन्न उक्त अधिवेशनको प्रमुख अतिथि सामाजिक व्याक्तित्व देबकाजी डङ्गोल रहनु भएको थियो ।
संस्थाको गतिशिलता र प्रवासी नेपालीहरूको हितलाई मुख्य प्राथमिकतामा राख्दै गठन गरिएको यस समितिको उपाध्यक्षहरूमा रामहरी चौलागाईं,गणेश तवाडी,रमेश केसी र ममता राणाभाट चयन हुनुभएको छ।
कार्यसमितिको प्रशासनिक र सांगठनिक नेतृत्वका लागि महासचिवमा गङ्गा सुनुवार, उपमहासचिव मा दिनेश अधिकारी र सचिवमा रमेश इटानीलाई जिम्मेवारी दिइएको छ। त्यसैगरी, संस्थाको आर्थिक पक्षलाई व्यवस्थित बनाउन कोषाध्यक्षमा सन्तोष घिमिरे र सहकोषाध्यक्षमा रामप्रसाद वाग्ले निर्वाचित हुनुभएको छ।
संस्थाको आधिकारिक धारणा र गतिविधिहरूलाई सार्वजनिक गर्नका लागि प्रवक्ताको जिम्मेवारी बिमल सुवेदीले पाउनुभएको छ।
नयाँ कार्यसमितिका सदस्यहरू:क्रमस
अविरल बिक,राजु बोले,गणेश अर्याल,इन्दिरा परियार,सेवानी घले,सरोज पन्त,मेघ लोथ,बीरबल तामाङकर्ण घिसिङ रह्नु भएको छ ।
नवनिर्वाचित अध्यक्ष कँडेलले बागमती प्रदेशबाट कतारमा आई विभिन्न पेशा र व्यवसायमा संलग्न नेपालीहरूलाई एकताबद्ध गर्दै सामाजिक सेवा र रचनात्मक कार्यमा परिषद्लाई अझ सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नयाँ कार्यसमितिको चयनसँगै कतारमा रहेका बागमती प्रदेशबासीहरूमा उत्साह थपिएको छ।
कार्यक्रममा कतारमा स्थापित विभिन्न वैचारिक, जिल्ला, सामाजिक संघसंस्था, बुद्धिजीवी व्यक्तित्व पत्रकार लगायत कतारमा रहेका बाग्मती बासीहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण निवर्तमान महासचिव आयुस घलेले गर्नुभएको थियो। स्वागत मंतव्य महिला उपाध्यक्ष ममता रानाभाट र कार्यक्रम औचित्य उपाध्यक्ष- नीमा मोक्तान तामाङको रहेको थियो ।
..