दोहा, कतार । "अर्घाखाँचीवासी एक हौं, नेपाली समाजका लागी सहयोग गरौं" भन्ने मूल नाराका साथ स्थापित अर्घाखाँची सेवा समाज, कतारले आफ्नो २० औं स्थापना दिवस भव्यताका साथ मनाउने भएको छ।
सन् २००६ मा स्थापना भएको यस संस्थाले कतारमा रहेका अर्घाखाँचीवासी तथा सम्पूर्ण नेपाली समुदायको हकहित र सेवामा निरन्तर काम गर्दै आएको छ। २० औं स्थापना दिवसको अवसरमा समाजले विशेष कार्यक्रमको आयोजना गर्न लागेको हो।
*कार्यक्रम विवरण:*
- *मिति:* ०४ जुन २०२६ बिहिवार
- *समय:* बेलुका ७:३० बजे
- *स्थान:* फुलबारी रेस्टुरेन्ट, पेरिस हाइपर मार्केट नजिकै, सनैया ३३
कार्यक्रममा कतारमा रहेका अर्घाखाँचीवासी, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी तथा समाजसेवीहरुको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ। स्थापना दिवसको अवसरमा समाजले विगत २० वर्षमा गरेका सामाजिक कार्यहरुको समीक्षा गर्नुका साथै आगामी योजनाहरु समेत सार्वजनिक गर्ने समाजका अध्यक्ष बालाराम पाण्डेले जानकारी गराए ।
अर्घाखाँची सेवा समाज, कतारले स्थापनाकालदेखि नै आपतविपदमा परेका नेपालीहरुको सहयोग, शैक्षिक, स्वास्थ्य तथा सांस्कृतिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ। समाजका महासचिव तिलकराम घिमिरेले सम्पूर्ण अर्घाखाँचीवासी तथा नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई भव्यता प्रदान गरिदिन अनुरोध समेत गरेका छ्न ।