दोहा कतार:
युट्युबमा सार्वजनिक हुने म्युजिक भिडियोको संख्या अन्य दिनको तुलनामा शुक्रबार ह्वात्तै बढ्छ । बिदालाई लक्षित गर्दै धेरैले शुक्रबार आफ्नो गीतको म्युजिक भिडियो सार्वजनिक गर्ने गर्दछन् ।
गीत-संगीत नेपालमा मात्र नभई बाहिर पनि हेरिने र धेरै मुलुकमा शनिबार र आइतबार सार्वजनिक बिदा हुने भएकाले पनि धेरैले म्युजिक भिडियो सार्वजनिकका लागि शुक्रबार रोज्दै आएका हुन् ।
सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन्।कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।
लोक तथा दोहोरी क्षेत्रमा पछिल्ला पल्ट धेरै गीतहरु बजारमा आइनै रहेको पाइन्छ।
माया प्रेम दु:ख वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन्। रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन्तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शक श्रोताले रुचाउछन् ।
यसै सन्दर्भमा कला सांस्कृतिक मासिदै गएको बेला विक्रम परियार र सुनिता बुढाको आवाजमा ‘आफै रुनु पर्ने‘को अपार सफलता पछि(पागल मान्छे) HSS Group Entertainment युटुब च्यानलबाट शुक्रबार सार्वजनिक गरेका छन्।
गीतमा प्रकाश दर्नाल (शितल) को उत्कृष्ट शब्द सृर्जना एवम् किसन गाहा मगरको संगित रचना रहेको छ । संगितमा मिठो आवाज संगैमन छुने शब्द गासेर, पछिल्लो समयको गतिविधि गीतमा दर्शाईएको छ ।
दर्शक श्रोताले गीतलाई निकै मन पराएका छन् भने गीतको म्युजिक भिडियोलाई करण चैसिरले छायांकन एवम् अमृत चापागाईलेसम्पादन गरेका छन् भने निर्देशक बिनोद सुन्दासले गरेका छन् ।
यस गीतको म्युजिक भिडियोलाई निर्देशक स्वयम् आफैं बिनोद सुन्दास,अन्जु निरौला र ओम श्रेष्ठको अभिनयले थप जीवन्तता दिएको छ । गीतको अडियो कर्णप्रिय छ भने भिडियो निकै आकर्षक लाग्छ । यो गीतमा यस अघि नै धेरै टिकटक बनिसकेका छन् । गीतले युट्युबमा राम्रो प्रतिक्रिया पाईरहेको छ ।
गीतले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गीतको पुरा म्युजिक भिडियो हेर्न तलको Link खोलेर हेर्नुहोला :