थर्चा लामा
तामाङ तथा नेपाली गीत–संगीत क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका धादिङको रुबिभ्याली गाउँपालिका निवासी गायक आरम्भ तामाङको नयाँ म्हेन्दोमाया गीत ‘सेर्कीदुङ’ सार्वजनिक भएको छ।
आफ्नै गाउँठाउँको प्रवर्द्धन, मौलिक कला तथा संस्कृतिको संरक्षण र सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले निर्माण गरिएको यस गीतमा आरम्भ तामाङकै शब्द तथा संगीत रहेको छ। गीतमा आरम्भ तामाङ र नवगायिका सल्मा तामाङको सुमधुर स्वर सुन्न सकिन्छ।
बर्खाको झरी, कठिन यात्रा र अनेकौं संघर्षका बीच तयार गरिएको यस गीतको भिडियोमा धादिङको रुबिभ्याली गाउँपालिकाअन्तर्गत पर्ने पाङसाङ, तिप्लिङ, सेर्तुङ लगायतका रमणीय स्थानहरूको प्राकृतिक सौन्दर्यलाई आकर्षक रूपमा प्रस्तुत गरिएको छ। आफ्नै गाउँको पहिचान, संस्कृति र भौगोलिक सुन्दरताको प्रचार गर्ने उद्देश्यले निर्माण गरिएको यो भिडियोले स्थानीय कला र मौलिकताको झल्को दिन्छ।
गीतको भिडियो निर्देशन, ड्रोन सञ्चालन तथा सम्पादनको जिम्मेवारी रोशन फ्युबा तामाङले सम्हालेका छन् भने कोरियोग्राफी एम.बी. गुरुङ र छायांकन देव दोर्जे लामाले गरेका छन्।
भिडियोमा आरम्भ तामाङ, ननिता हिमरुङ तामाङ, रमेश तामाङ र रेमिका तामाङको दमदार अभिनय रहेको छ।
‘सेर्कीदुङ’ म्हेन्दोमाया गीतले आफ्नो गाउँठाउँको प्रचार–प्रसारसँगै तामाङ समुदायको मौलिक कला, संस्कृति र परम्पराको संरक्षणमा योगदान पुर्याउने विश्वास गायक आरम्भ तामाङले व्यक्त गरेका छन्।
आरम्भ तामाङको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतले दर्शक तथा स्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। भिडियोको लागि तलको लिङ्कमा क्लिक गर्नुहोला ।
https://youtu.be/Oa6PUlXadKk?si=eNRvniN4g_1Tx5h8