काठमाडौँ,२९ असार -लामो समय देखि सांगीतिक क्षेत्रमा साधना गर्दै आएकी चर्चित गायिका बसन्ती लामाले असारे गीत 'किसाने चाहना' सार्बजनिक गरेकी छिन।
उनले गाएका दर्जनौ गीतहरु मध्येकै पृथक र समय सापेक्ष किसानको मर्म र मौलिकतालाई सम्बोधन गर्दै असारे गीत ल्याएकी हुन। श्रीमाया बल तामाङको शब्द तथा स्वयं गायिका लामाको लय संगीत रहेको ‘किसाने चाहना’ असारे गीत दर्शकहरुले अत्यधिक मन पराउन थालेका छन।
लोकप्रिय गायिका लामाले नेपालमा हराउँदै गएको असारे गीतलाई बिशेष प्राथमिकतामा राखी मानु छरी मुरी उब्जाउने नेपालीहरुको विशेष महिना असार हो। यसै क्रममा अत्यन्तै समय सान्दर्भिक नेपाली किसानहरूको पीर व्यथा, खुसी, संस्कार संस्कृति र संगित लाई उजागर गर्दै यो गीत बजारमा ल्याएकी हुन। नेपाली सांगीतिक क्षेत्रलाई आफ्नो रोजाईमा पारेकी गायिका लामाले नेपाली भजन, आधुनिक गीत,भाषा भाषी ,लोकगीत, तीज गीत, तामाङ सेलो, पप गीत, राष्ट्रिय गीत, जनचेतनामूलक प्रहरी गीत, जनवादी गीत, फिल्मी गीत, लोकाधुनिक गीत, ताम्बा गीत लगायत दर्जनौ गीतहरु छ्न।
गायिका बसन्तीकै संगीत रहेको सो गीतमा नेपाली किसानहरूको पीर व्यथा, खुसी, संस्कृति र सहयोगी भावको झल्को भेट्न सकिन्छ । त्रिताल स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई सुन्दर लामाले एरेन्ज तथा फिक्सिङ गरेका छन् । यो गीतको म्यूजिक भिडियो उनको आफ्नै अफिसियल युट्युब च्यानलद्वारा सार्बजनिक गरिएको छ। आदित्य बुढाथोकीको निर्देशन रहेको म्युजिक भिडियोमा श्रीमाया बल तामाङ र स्वयम् गायिका बसन्ती लामाको अभिनय रहेको छ । पदम सुवेदीले सम्पादनको गरे सो भिडियो अबि सापकोटा र बिक्रमले छायांकन गरेका हुन् ।
भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस..