भोजपुर सेवा समाज कतारले आफ्नो जिल्लाका विभिन्न धार्मिक ऐतिहासिक पर्यटन क्षेत्र सबैलाई एउटै गीतमा समेटेर गीत निकालेको छ यो गीतमा भोजुपरे खुकुरी,सिद्धकाली मन्दिर,टेम्के डाँडा,साल्पा पोखरी,पखुवा,गोल्मे भिर,अरुण नदि दूध कोशी,कावा खोला पिखुवा खोला, दोभाने,दिंला,प्याउली,च्याग्रे,घोडेटार बजार सबैलाई अटाएको छ साथै पोैवादुङमा,आमचोक रामप्रसाद राई र षडानान्द सबैलाई अटाएको छ यो गीतमा भोजपुर का हरेक महत्त्वपूर्ण ठाउँ हरु समेटिएका छन !
सामाजिक संस्थाले समाजको हक हित का साथ सथै आफ्ना जिल्लाका ऐतिहासिक धार्मिक पर्यटन क्षेत्र लाई चिनाउनु संरक्षण गर्नु र प्रबर्द्धन गर्नु पनि संस्थाको पनि महत्त्वपूर्ण भुमिका हुनुपर्ने भन्ने ठानेर भोजपुर सेवा समाज कतार का उपाध्यक्ष तथा प्रचारप्रसार विभाग प्रमुख समेत रहनु भएका श्री गुणराज कटुवालले बताउनु भयो उक्त गीत
लोकप्रिय गायक राजेशपायल राई र सुनिता थेगिमको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘भोजपुरै जिल्ला’ सार्वजनिक भएको छ । गीतले भोजपुर जिल्लाको सुन्दरता, संस्कार, र भावनात्मक पक्षलाई कलात्मक रुपमा प्रस्तुत गर्दै दर्शक श्रोताको मन जित्न खोजेको छ ।
गितमा गुन्जिएको गायक र सृजनाको मेल
गीतमा शब्द दिएका छन् गुणराज कटुवालले, जसले भोजपुरको माटो, मान्छे, र मौलिकपनलाई शब्दमार्फत जिउँदो बनाएका छन् । संगीत मनोज साङसोन राईको रहेको छ भने संगीत संयोजन समेत उनैले गरेका छन्। गीतको रेकर्डिङ मनोज साङसोन राई र सुरेश पायल राईले गरेका हुन् ।
प्राविधिक पक्षको मजबुत प्रस्तुति
गीतको मिक्सिङ र माष्टरिङ अनुभवी साउन्ड इन्जिनियर राजु कार्कीले गरेका छन् भने असिस्टेन्ट मिक्सिङ सुरेश पायल राईले सम्हालेका छन् । सम्पूर्ण रेकर्डिङ र पोस्ट प्रोडक्सनको काम ‘स्टुडियो किङ’ मा सम्पन्न गरिभावशैलीले भोजपुरप्रतिको आ त्मीयता मात्र नभई भूगोल, संस्कार र सौन्दर्यप्रति गर्व प्रकट गर्छ। “यस्तो राम्रो ठाउँ हाम्रो अन्त कहाँ मिल्ला” भन्ने भावले भोजपुरप्रेमलाई उच्च स्तरमा पुर्याएको छ।
गीतको लिंक
https://youtu.be/ADoyfrHV-74?si=Lvta8sEtODViqYmw